Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाचारको खण्डन गर्न पत्रकार सम्मेलनः पत्रकारलाई हानेको तिर आफैतिर

नेपाल अभियान नेपाल अभियान
३० जेष्ठ २०७७, शुक्रबार
in समाचार
0
43
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– थानापति बाख्रा पालन कृषक समूहले आर्थिक हिनामिना गरेको विषयमा प्रकाशित प्रसारीत समाचारलाई लिएर बुधबार पत्रकार सम्मेलनको आयोजना भयोे । पत्रकार सम्मेलनको उद्देश्य समाचार लेख्ने पत्रकार र सञ्चार माध्यमलाई दोषि देखाएर आपूm पानीमाथिको ओभानो बन्ने नियतले आयोजना गरिएको थियो । तर पत्रकार सम्मेलनको क्रममा थानापति बाख्रा पालन कृषक समूहकै थप कर्तुतहरु खुलासा भएको छ ।

थानापति बाख्रा पालक कृषक समूहले एउटा गल्ती ढाकछोप गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सो समूहले गरेको अन्य गल्ती तथा कर्तुतहरु समेत खुलासा भएको हो । थानापति बाख्रा पालन कृषक समूहको नाममा खरिद गरिएको गाडी दुरुपयोग भएको, बाख्रा फार्मको आयब्याय विवरण पारदर्शी नभएको, फार्मको नाममा गरिएको कारोबारमा आपूmखुसी घर खर्च चालाए जसरी चर्ख गरेको खुलासा भएको छ ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा रामबाबु गिरी २०७४ सलादेखि थानापति बाख्रा पालक कृषक समूहको कुनै पनि सदस्य नभएको उल्लेख छ तर पत्रकार सम्मेलनमा रामबाबु गिरी आफैले कृषक समूहको सदस्य रहेको स्वीकार गरेका छन् । फार्मको नाममा रहेको गाडीले उपभोक्ताको हितमा काम गरेको बताइए पनि उपभोक्ताको के हितको लागि गाडी प्रयोग भएको छ भन्ने पत्रकारको जिज्ञासामा समेत जवाफ दिन सकेनन् ।

फार्मको नाममा रहेको गाडी शैलुङ्ग प्रशोधित पिउने पानी उत्पादक कम्पनीलाई भाडामा दिएको बताइए पनि गाडी प्रयोग गरे वापत बाख्रा पालन कृषक समूहलाई भाडा वापत दिएको रकमको समेत कुनै पनि प्रमाण समूहले देखाउन नसकेपछि गाडी भाडा वापत लिएको रकमको हिसाव नराखिएको पत्रकार सम्मेलनमा रामबाबु गिरीले स्वीकार गरे ।

फार्मले दुई जना कर्मचारी राखेको र कर्मचारीलाई मासिक १० हजार रुपैयाँको दरले तलब दिएको रामबाबु गिरीले बताए । तर, कर्मचारीलाई तलब दिंदा कुनै पनि कागज नगरिएको पनि उनले पत्रकार सम्मेलनमा स्वीकार गरे ।

मन्थली नगरपालिका–८ गाइखुरामा निर्माण भइरहेको बाख्रा फार्म थानापति बाख्रा पालन कृषक समूहकै नाममा रहेको जग्गामा निर्माण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । तर पत्रकार सम्मेलन आयोजना गर्दासम्म फार्मकै नाममा जग्गाको लालपूर्जा नरहेको रामबाबु गिरी आफैले स्वीकार गरेका छन् ।

स्थानापति मध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका रामबाबु गिरीको अगुवाईमा पत्रकारलाई दोषि देखाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा थानापति बाख्रा पालन कृषक समूहकै थप कर्तुतहरु खुलासा भएपछि उनी आफै पंगु बनेका छन् ।

Share17Tweet11Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

३० जेष्ठ २०७७, शुक्रबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

३० जेष्ठ २०७७, शुक्रबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

३० जेष्ठ २०७७, शुक्रबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३० जेष्ठ २०७७, शुक्रबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३० जेष्ठ २०७७, शुक्रबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

३० जेष्ठ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.