Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पर्यटकीय पार्कको रुपमा विकास हुँदै बिटार पार्क 

बद्री नयाँघरे बद्री नयाँघरे
२९ असार २०७७, सोमबार
in समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– सदरमुकाम नजिकै निर्मार्णाधिन अबस्थामा रहेको विटार पार्क पर्यटकिए पार्कको रुपमा विकास हुँदै गएको छ । मुलुक बन्दाबन्दिमा रहेको बेला सकरात्मक सोच, सिप र  जाँगर भएका युवाहरुले रामेछाप नगरपालिकाको वडा नं ८ स्थित बाबियाखर्कको बिटारमा  पार्क निर्माणको कामलाई तिब्रता दिएसँगै अहिले जंगलमा परिणत हुने अवस्थामा पुगेका उक्त ठाउँ पर्यटकिय  पार्कको रुपमा विकास हुन लागेको हो ।

 

बन्दाबन्दिको समयमा युवाहरुलाई रचनात्मक काममा लगाउँदा त्यसबाट उनिहरुमा जाँगर सँगै सकरात्मक सोचको विकास गराई समाजलाई पनि नयाँ सन्देश दिलाउन सकियोस भन्ने उदेश्यले उनिहरुले उक्त ठाउँमा पार्क निर्माणको कामलाई तिब्रता दिएका हुन् । करिब डेढ महिना अघिबाट रासमका युवाहरुले स्वयंसेवक रुपमा आफ्नै भिजन र मिसनका आधारमा मन मिल्ने साथि भाई र ब्यवसायीहरु समेतको सहकार्यमा पार्क निर्माणको काम आरम्भ गरेका थिए । जस अनुसार पार्क भित्रका रुखहरुलाई संरक्षण गर्दै सबैको फेदमा रङ लगाइएको थियो । त्यो संगै उनिहरुले पार्कमा वीर गोर्खालीको सानको रुपमा पहिचान बनाएको खुकुरी र भर्खरै संविधानमा प्रबृष्ट गराईएकोे नयाँ नेपालको नक्सालाई पनि चट्टानमा कुँदेर पार्कमा प्रतिस्थापन गरेपछि पार्कको सुन्दरता र निर्माणको कामले गति लिएको हो  ।

पार्कमा राखिएका बच्चाले खेल्ने फलामे पीङ्ग, पोखरी र त्यहाँ लगाईएका विरुवाले पनि पार्कको मुहारलाई चम्काउने काम गरेका छन् । जसको निरन्तर विकास र रासमको कामलाई सहयोग गर्नका लागि र सुनिल रायको अध्यक्षमा पार्क संरक्षण समिति समेत गठन गरेको छ । रासमका सदस्यहरुको निस्वार्थ भावना सहितको  अभियानलाई स्थानीय  युवाहरुले पनि उत्तिकै दत्त चित्त लगाएर साथ दिएर अघि बढ्ने निधो गरेपछि हाल पार्क निर्माणको काम सोचे भन्दा निकै राम्रो तरिकाले अगाडी बढेको छ । युबाहरुको उत्साहलाई थप शक्ति दिलाउने काम रामेछाप नगरपालीकाले पनि गरेको छ । पार्क निर्माण स्थलमा तार बारको कम्पाउण्ड लगाउन्ो र मुल ढोकामा जिल्लाका ८ वटै स्थानीय तह छुट्याईएको रामेछापको नक्सा र नक्सा संगै साझा प्रेम भाव झल्काउने पानको पातले सजिएको  नक्सा पनि मुल ढोका राख्ने काम लगभग सकिएको रासमको सदस्य  जय मानन्धरले बताए । उनले भने– ‘हामिले फुर्सदको समयलाई सकरात्मक सोचका साथ विकास गर्नको लागि थालेको अभियानले अहिले निकै गति लिएको छ ।’

उक्त पार्कलाई जिल्लाको नमुना र साझा  पार्कको रुपमा विकास गर्न मुख्य उदेश्यका साथ काम थालीएको र यसमा रामेछाप नगरपालिका संगै मन्थली नगरपालीकाको पनि अपनत्व हुने गरी काम गर्ने तयारी पनि संरक्षण समितिले गरि रहेको । यसका लागि पार्क संगै रहेको अर्कोै चउरलाई पनि संग संगै जोडेर विकास गर्ने सोच पनि आफुहरुले बनाएको अभियान्ता विपिन भट्टराईले जानकारी गराए । सदरमुकाम मन्थलीबाट ३ किलो मिटर टाढाको दुरीमा  रहेको  विटार पार्कको निर्माणपछि उक्त ठाउँमा मनोरन्जन लिन दैनिक जसो सदरमुकाम मन्थलीबाट र बाहिरी जिल्लाबाट सदरमुकाम आउने मानिसहरु अत्याधिक रुपमा आउने र सो पार्क पर्यटकिय रुपमा पनि महत्वपुर्ण हुने विश्वासका साथ पार्कमा सार्बजनिक सौचालय र भिउ टावर निर्माण गर्ने सम्मको योजनालाई पनि युवाहरुले अगाडि बढाएका छन् ।

Share31Tweet19Share5

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२९ असार २०७७, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२९ असार २०७७, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२९ असार २०७७, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२९ असार २०७७, सोमबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२९ असार २०७७, सोमबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२९ असार २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero