रामेछाप– रामेछाप नगरपालिका वडा नं १ को डुम्रीखर्कमा चितुवाको आक्रमणबाट एकै परिवारका ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा २५ बर्षिय अनिता सुबेदी, उनका २७ वर्षिय दाजु बद्री सुबेदी र ५२ वर्षिय काका कृष्ण सुबेदी रहेका छन् ।
बुधबार विहान करिव १० अनिता र उनकी जेठानी सँग–सँगै घर नजिकैको खरबारीमा दाउरा लिन गएको र सोहि बेलामा चितुवाले उनिहरुमाथि एक्कासी आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट सँगै रहेकी साथी भने भाग्न सफल भएकी थिईन् । घाईते अनिताको हात र निधारमा चोट लागेको र अन्य दुई जनाको पनि हातमा चोट लागेको स्थानीय सुनिल रायले बताए ।
अनिताले आफूहरु माथि चितुवाले आक्रमण गरेको कुरा फोनबाट भनेपछि घरका मानिसहरुले थाहा पाएर प्रतिकारको लागि घटनास्थलमा पुग्दा पुन चितुवाले उनिहरु माथि पनि आक्रमण गरेको थियो । उनिहरुको पनि हातमा चोट लागेको र तिनै जनाको मन्थली प्राथमिक स्वास्थ केन्दमा उपचार भईरहेको छ ।
घटनाको विवरण थाहा पाउनासाथ डिभिजन बनकार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । बाघले मानिस माथि पटक–पटक गरेको आक्रमाणबाट स्थानीयहरु त्रसित बनेको जिल्ला बनका प्रतिनिधि माधब पौडेलले बताए । सरकारी टोलीले घटना स्थलमा साँझसम्म बसेर अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया