रामेछाप– गिरिजा प्रसाद कोईराला फाउण्डेशन रामेछापले लिखुतामाकोशी गाउपालिकाको धोवीमा खिर दिवस मनाएको छ । फाउण्डेशनका अध्यक्ष दीपक खड्काको अध्यक्षता एबं नेपाली काँग्रेस रामेछापका पूर्ब पार्टि सभापति रामचन्द्र खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामचन्द्र खड्का, महाधिबेशन प्रतिनिधि अर्जुन केसी, कृष्ण बहादुर महत, भरत चौलागाई, काँग्रेस नेता युवराज भट्टराई, रामेछाप प्रदेशसभा ‘ख’ का नेपाली काँग्रेसका उमेद्वार जीत बहादुर मगर, दलित नेता मुक्त बहादुर महते, खाँडादेवी गाउपालिकाका तत्कालिन उमेद्वार बेद बहादुर लामा, काँग्रेस जिल्ला कार्यसमिति सदस्य केशब महत, वीपी प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्का, पुर्ब उपसभापति झप्पडराज भण्डारी, जिल्ला कार्य समिति सदस्य भोजराज खड्का, प्रदेश ‘क’ का क्षेत्रिय सचिब निरोज खड्का, नेविसंका पूर्ब केन्द्रिय सदस्य रत्नहरी ढुंगेल, नेपाल पत्रकार महासंघ बागमति प्रदेश सदस्य बद्रि नयाँघरे, जिपी पाउण्डेशनका कार्यसमिति सदस्य कमल प्रकाश सुनुवार र कोषाध्यक्ष कुमारी हायु लगाएतले आ अफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकासं बक्ताहरुले गिराजाप्रसाद कोइरलाले दिएको योगदानको चर्चा गर्दै बिपक्षी दल सँग लड्नका लाग काँग्रेस कुनै गुट उपगुटमा नलागि एक भएर अगाडि बढुनु पर्ने कुरालाई जोड दिएका थिए । कार्यक्रममा बोल्दै काँग्रेस नेता रामचन्द्र खड्काले रामेछापमा सांसद बिकास कोषबाट बिनियोजित रकमको २५ प्रतिशत सम्म फिर्ता गर्नुपर्ने बाध्यता रहेको आरोप लगाउनुभएको छ । रामेछाप जिल्लाका संघीय सांसाद श्याम कुमार श्रेष्ठले आफ्नो सांसद बिकास कोषबाट बिनियोजित रकमको २५ प्रतिसत सम्मको रकम फिर्ता गर्नु पर्ने बाध्यता उपभोक्ता समितिहरुलाई रहेको आरोप समेत उहाँले लगाउनुभयो ।
सांसद श्रेष्ठले बेथानको डहु माबिमा र गुन्सीको शतलिंगेश्वर माबिमा हालेको सांसद बिकास कोषको रकम उपभोक्ता समितिसँग २५ प्रतिशत सम्म फिर्ता लिएको प्रमाण आफुसँग भएको दावी समेत नेता खड्काले गर्नुभयो ।
त्यस्तै उहाँले खिम्तीमा हालेको ५० लाख रुपैयाको सामान्य काम गरेको देखाएर सबै रकम सकिएको प्रतिबेदन बनाई भ्रष्टाचार गर्न खोजेपछि पालिका अध्यक्ष गोबिन्द बहादुर खड्काले रोकी आधा मात्र भुक्तानी दिएकोमा पालिका अध्यक्षलाई धन्यबाद दिनुभायो ।
यो बारेमा तपाईको प्रतिकृया