रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बुधावार देखि करदाता सेवा सुरु भएको छ ।
आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख डमरु प्रसाद पराजुलीको अध्यक्षतामा एक कार्यक्रमका बिच करदाता सेवा शुभारम्भ गरिएको हो ।
मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत,प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र कर कार्याल धुलिखेलका प्रमुख पराजुलीले छुट्टा छुट्टै सेवाग्राहीहरुलाई स्थायी लेखा नं को प्रमाणपत्र दिएर करदाता सेवाको सुरुवात गरिएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले यसले सबैलाई करको दायरामा ल्याउन सजिलो बनाएको र नगरबासिले कर तिर्न धुलिखेल सम्म जानुपर्ने झन्झट टरेको बताउनुभयो । उहाले यस कार्यलयले अब जिल्लाका सबैलाई राज्यको मुल निति र धारमा डोरयाउने अपेक्षा गर्नुभयो ।
सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारको प्रमुख श्रोत नै कर भएकोले अब जिल्लामै करदाता सेवा कार्यलय आएपछि सबैले नियमनुसार कर तिर्ने बानीको बिकास हुने बताउनुभयो ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले जिल्लाका साना तथा ठूला ब्यवसायिहरुलाई यस कार्यालय स्थापना भएपछि धेरै सहयोग पुग्ने अपेक्षा गर्नुभयो । उहाले जिल्लाका ब्यवसायिहरु कर तिर्नका लागि धुलिखेलसम्म पुग्नुपर्दा हुने अनाबश्यक खर्च र झन्झट बाट मुक्त हुने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष एबं कर कार्यालय धुलिखेलका प्रमुख पराजुलीले मन्त्री स्तरीय निर्णय बमोजिम यस अघिनै स्थापना गर्ने तयारी गरिएको यो कार्यालय स्थापनामा कारोरना महामारीकाकारण ढिला हुन गएको बताउनु भयो । उहाले हाल जिल्लामा रहेका ५ हजार ७ सय करदाताहरु बाट बढेर अब १० हजारको हाराहारीमा करदाता पुग्ने अपेक्षा गर्नुभयो ।
यस कार्यालयबाट ब्यक्तिगत प्यान, ब्यवसायिक प्यान,भ्याट रजिष्टेशन गर्ने, ब्यवसाय दर्ता र खारेजी गर्र्ने, करचुक्ता प्रमाणपत्र दिने, कर बिबरण,अन्तःशुल्क बिबरण बुझाउने, कर राजस्व बुझाउने लगाएका सेवाहरु प्रवाह हुने करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसी राम पन्थीले बताउनुभयो ।
उहाले छिटो र कम लागतमा गुणस्तरीय सेवा प्रदान गर्ने,राजस्व संकलन गर्ने, बैध ब्यवसायलाई प्रबद्र्धन र अबैध ब्यापारलाई नियन्त्रण गर्ने साथै कर कानूनको परिपालना गराउने र करदाताहरुको हक हित र अधिकारको संरक्षण गर्ने यस कार्यालय स्थापनाको मुख्य उद्धेश्य रहेको पनि बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एबं कर कार्यालय धुलिखेलका प्रमुख पराजुलीले मन्त्री स्तरीय निर्णय बमोजिम यस अघिनै स्थापना गर्ने तयारी गरिएको यो कार्यालय स्थापनामा कारोरना महामारीकाकारण ढिला हुन गएको बताउनु भयो । उहाले हाल जिल्लामा रहेका ५ हजार ७ सय करदाता बाट बढेर अब १० हजारको हाराहारीमा करदाता पुग्ने अपेक्षा गर्नुभयो ।
यस कार्यालयबाट ब्यक्तिगत प्यान, ब्यवसायिक प्यान,भ्याट रजिष्टेशन गर्ने, ब्यवसाय दर्ता र खारेजी गर्र्ने, करचुक्ता प्रमाणपत्र दिने, कर बिबरण, अन्तःशुल्क बिबरण बुझाउने, कर राजस्व बुझाउने लगाएका सेवाहरु प्रवाह हुने करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसी राम पन्थीले बताउनुभयो ।
उहाले छिटो र कम लागतमा गुणस्तरीय सेवा प्रदान गर्ने,राजस्व संकलन गर्ने, बैध ब्यवसायलाई प्रबद्र्धन र अबैध ब्यापारलाई नियन्त्रण गर्ने साथै कर कानूनको परिपालना गराउने र करदाताहरुको हक हित र अधिकारको संरक्षण गर्ने यस कार्यालय स्थापनाको उद्धेश्य रहेको पनि बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया