Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल अभियानका सम्पादक सहित बिविन्न ब्यक्ति र संस्था सम्मानित

नेपाल अभियान नेपाल अभियान
६ पुष २०७७, सोमबार
in समाचार, स्थानीय सरकार
0
70
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ पुष । जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाल अभियान डटकम का सम्पादक एबं नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल सहित बिभिन्न ब्यक्ति र संस्था लाई सम्मान गरेको छ ।

रामेछापवाट सरुवा भई गुल्मी जान लागनु भएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आफ्नो कार्याकाल (२०७६ माघ २४ देखि २०७७ पुष ६ सम्म) मा समाचार र सूचना प्रकाशन÷प्रशारण गरी प्रभावकारी सेवा प्रवाहका लगाएत कार्य सम्पादन गर्न अतुलनिय योगदान पुरयाएको भन्दै प्रसंशा पत्रले सम्पादक ढुंगेल, पत्रकार टिका प्रसाद भट्ट, नवराज पथिक र नेपाल पत्रकार महासंघ रामेछाप शाखालाई सम्मान गर्नु भएको हो ।

यसरी सम्मानित हुनेहरुमा उत्कृष्ठ कार्यक्षमता र दक्षताका आधारमा जिल्ला प्रशासन कार्यालयकै ना सु अल्क्षमण भुजेल, कार्यालय सहयोगी पोष्ट राज आचार्य, जिल्ला आयोजना कार्यान्वयन इकाइ, का गणेश अर्याल, यातायात ब्यवस्थापन तथा राजस्व संकलनका लागि उत्कृष्ठ कार्यगरेको भन्दै रामेछाप ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डे, रासम परिवार र रामेछाप उद्योग बाणिज्य संघलाई समेत प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

मन्थली स्थीत कर्मचारी मिलन केन्द्रको हलमा आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको फेरी भेटौला कार्यक्रमका अवसरमा प्रदेश सांसद शान्ति प्रसाद पौडेल,जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगर, नेकपाका जिल्ला नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिब लेख बहादुर कार्की, राप्रपा का दिपक कार्की, नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष टिका प्रसाद भट्ट, गैसस महासंघका अध्यक्ष  भुवन कुमार श्रेष्ठ, नागरिक समाजका अगुवा गोबिन्द प्रसाद घिमिरेले सरुवा भएर जान लाग्नुभएकी प्रजिअ शर्माले गरेको सकरात्मक कामको चर्चा गर्दै आगामी दिनमा पनि यो भन्दा राम्रो काम गरेर देखाउन अनुरोध गर्नुभयो ।

कर्मचारी मिलन केन्द्रका संयोजक हेमन्त निरौलाको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा वोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले कोभिडका बेला प्रजिअ शर्माले मन्थली नगरापलिका सँग पर्याप्त समन्वय नगरी काम गरेको बताउनुभयो । उहाले औषधि लिन जिल्ला वाहिर गाडि पठाउन पास माग्दा जिल्ला भरको मात्र दिएको र संघिय सरकारको निर्देशनमा स्थानीय तहको अधिकार प्रयोग गरी जिल्लाका विद्यालयहरुमा सिकाई सहजीकरण गर्ने गरी गरेको निर्णय लाई पनि उहाले बिज्ञप्ती नै निकालेर सहजीकरण रोक्नु भएको भन्दै आपत्ति जनाउनु भयो।यस्तो कृयाकलाप अरु जिल्लाका लागि सिकाई हुने भन्दै पर्याप्त समन्वय गरेर काम गर्न समेत अनुारोध गर्नुभयो  ।

प्रजिअ शर्माले भावुक हुँदै भन्नुभयो– “कोभिडका बेला गरेको सबै खालका कामहरु सुरक्षाका दृटिकोणवाट गरिएको हुदा त्यस्ता १÷२ वटा कुरालाई अतिरन्जित नवनाउन समेत आग्रह गर्दछु ।”  । उहाले कोभिड –१९ को सक्रमण फैलिन नदिन सबैको सहयोग भएकोले अन्यत्र जिल्लाको तुलनामा रामेछाप जिल्लामा थोरै संख्यामा मात्र संक्रमित भएको बताउनु भयो । आफ्नो कार्यकालमा भए गरेका कामहरुको स्मरण गराउदै आफुले सुरु गरेका केहि  कामहरु अझै  अधुरै रहेको भन्दै ति  बाकी रहेका कामहरु अब आउने प्रजिअले  पूर्णता दिनुहुने समेत अपेक्षा गर्नुभयो  ।

Share28Tweet18Share5

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

६ पुष २०७७, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

६ पुष २०७७, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

६ पुष २०७७, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

६ पुष २०७७, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

६ पुष २०७७, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

६ पुष २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.