Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दश बर्ष पछि बनेकोे चौरी खोलाको पुल सञ्चालनमै नआई भत्कियो

नेपाल अभियान नेपाल अभियान
२९ जेष्ठ २०७८, शनिबार
in पुर्वाधार, समाचार
0
100
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२९ जेठ । तीन बर्षभित्र सम्पन्न गर्नुपर्ने रामेछाप–काभ्रे जोडने चौरीखोलाको पक्की पुल १० बर्षपछि सम्पन्न भएपनि सञ्चालनमै नआई भत्किएको छ ।

  रामेछाप–काभ्रे जोडने चौरीखोलास्थित पक्की पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमा काम नगर्दा रामेछापको दोरम्बा र सुनापति गाउँपालिकाका नागरिकहरुले बर्षादको समयमा सास्ती खेप्दै आएका छन् ।

 ठेकेदार कम्पनीले कहिले भुकम्पका कारण त कहिले कोराना महामारीका कारण देखाउनै पटक–पटकको प्रतिबद्धता अनुसार १० बर्ष लगाएर पुन बनाए पनि सञ्चालनमा नआउदै भत्किएपछि सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन् ।  दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले निर्माण कम्पनीले १० बर्ष लगाएर पुल बनाएपनि सञ्चालनमै नआउदै भत्किनु ठेकेदारको गैर जिम्मेवारीपन भएको बताउनुभयो । उहाले भन्नुभयो –,‘भत्किएको मेसिनरी वाल तत्काल बनाउन आग्रह गर्दा पनि ठेकदार मुकुन्द गौतमले आलटाल गर्दै आएका छन् । यसले गाउपालिकाका नागरिकहरुलाई बर्षादको समयमा सास्ती खेप्नु परेको छ ,३ बर्षमा सकिने काम दश बर्षमा सकियो तर बनेको पुल पनि सञ्चालन हुने अवस्थामा छैन ।  

पुल निर्माणको जिम्मेवारी पाएका एन एन निर्माण सेवाका सञ्चालक मुकुन्द गौतमले पुल निर्माणमा ढिलाइ हुनुको कारण निकै कम मुल्यमा ठेक्का कबोल गरेका कारण रहेको बताएका छन् । तर यो जवाफ तार्किक नभएको स्थानीयले बताएका छन् । स्थानीय बिनोद चौलागाईले तेति रकममा निर्माण गर्न नसक्ने भए किन टेन्डर हालेको त भनेर प्रश्न गर्नभयो ।  

चौरीखोलको पुल निर्माणको क्रममा ठेक्का आह्वान गर्दा सर्वोद्धार÷फेन्डर्स÷एन एन जेभी काभ्रेले ३ करोडको योजना भएपनि २०६८ माघ २३ मा १ करोड ९० लाखको लागतमा २०७३ असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । 

उक्त कम्पनीले पुल निर्माणमा ढिलाई गरेपछि संघिय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय डिभिजन खुर्कोटले यस अघिनै २०७५ साल चैत्र १९ गते च नं ३०६ को पत्र मार्फत उक्त कम्पनीलाई निर्माण कार्य ढिलासुस्ती गनुको कारण सम्बन्धि स्पस्टीकरण समेत माग गरेको थियो । 

सो कम्पनीले योजनाको बजेट भन्दा एक करोड दश लाख कममा टेन्डर हालेका कारण तीन वटा स्पार्म सहितको आर सि सि पुलको निर्माणको जिम्मा पाएको थियो ।   

स्थानीय सुशिल चौलागाईले निर्माण सम्पन्न भएर सञ्चालनमा आउने बेलामा रामेछापतर्फको मेसिनरी वाल भत्किदा थप समस्या सृजना भएको जानकारी दिनुभयो। उहाले कमसल निर्माण सामाग्री प्रयोग गरिएको कारण करिब १५ मिटर मेसिनरी वाल पुल सञ्चालनमा नआउदै भत्किएको बताउनुभयो । 

Share40Tweet25Share7

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ जेष्ठ २०७८, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२९ जेष्ठ २०७८, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२९ जेष्ठ २०७८, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२९ जेष्ठ २०७८, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२९ जेष्ठ २०७८, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२९ जेष्ठ २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero