रामेछाप । करिब १५ हजारको संख्यामा शेयर सदस्य रहेको मन्थली वचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक गाउँ गाउँमानै पुगेर आफनो साधारण सभा गर्न लागेको छ । उसले आफना पदाधिकारीहरुको नेतृत्वमा ३ वटा टोली निर्माण गरी सबै वडाका बस्तिहरुमा पुगेर छुट्टा छुट्टै साधारण सभा गरीरहेको छ ।
गत विहिबार बाट साधारण सभाको अभियान आरम्भ गरेको संस्थाले शनिबार सम्ममा भलुवाजोर,सुनारपानी,रामेछाप,नागदह विजुलिकोट,फुलासि गेलु चनुखु र पुराना गाउँमा पुगेर साधारण सभा गरेको जानकारी संस्थाका सचिब गोविन्द घिमिरेले जानकारी दिए ।
संस्थाका शेयर सदस्य धेरै भएको र एकै ठाउँमा बसेर साधारण सभा गराउन पनि असजिलो हुने र कानुनमा पनि सोहि ब्यवस्था भएकोले आफुहरुले बस्ती बस्तीमा पुगेर साधारण सभा गरि रहेको जानकारी पनि संस्थाका सचिब घिमिरेले गराए । साधारण सभामा संस्थागत रुपमा भएका सबैखालै निति र विधि र सोहि आधारमा भएको संस्थागत प्रगतिका बारेमा पनि जानकारी गराईएको थियो ।
मन्थली नगरपालीकाका १४ वटै वडा,रामेछाप नगरपालीकाका वडा नं ६,७,८ र ९ ,लिखु तामाकोशी गाउँपालिकाको वडा नं ३,४,५, र ७ तथा खाँडादेवी गाउँपालीकाको ४ र ५ मा कार्यक्षेत्र रहेको उक्त सहकारीले साधारण सभामा संस्थाको बार्षिक प्रगति र भावि कार्यक्रमका बारेमा जानकारी गराएको छ । कोभिड महामारीका विच पनि संस्थाले सबै खर्च कटाएर ५८ लाख१४ हजार ८ सय ६२ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।
संस्थामा शेयर पुँजि ९ करोड ६लाख ६८ हजार २ सय,बचत संकलन ८२ करोड ५० लाख ९५ हजार २ सय ३१ रुपैयाँ र ऋण लगानी ६४ करोड ३९ लाख २९हजार ७८ गरि कुल सम्पति ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० रुपैयाँ रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया