Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारीको विकासबाट सम्बृद्धि सम्भब छ : नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
१९ मंसिर २०७८, आईतवार
in समाचार
0
62
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–१८ मंसिर । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले मन्थली बचत तथ ऋण सहकारी संस्था जिल्लाकै अग्रणी सहकारी भएकाले उसले जिम्वेवारी पूर्वक काम गर्नुपर्ने बताए । साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागि भएका प्रमुख बस्नेतले आफुले सहकारीको विकासका लागि पनि काम गरिरहेको भन्दै सबै सहकारीलाई निति र बिधि अनुसार काम गर्न पनि सुुझाब दिएका थिए । बस्नेतले मन्थली बचतले गरेको कामको अब्बलताले अरु सहकारीले पनि पाठ सिक्ने भएकोले उसले गर्ने कुनै पनि काममा औला ठड्याउने वाताबरण नवनाउन पनि प्रमुख बस्नेतले आग्रह गर्नु भयो । बस्नेतले आफुले साढे चारवर्षको अवधिमा नगरपालिकाको विकासका लागि गरेको कामको विवरण पनि शेयर सदस्य माझ पेश गर्नु भएको थियो । उहाँले आफ्नो कार्यकालमा सबै क्षेत्रमा केही न केही काम गरेको ठोकुवा गर्दे सहकारीको सुधारको लागि थप काम गर्न पनि आफु तयार रहेको बताउनु भयो

साधारणसभामा संस्थाको निति तथा कार्यक्रम प्रस्तुत गर्दै सचिव गोबिन्दप्रसाद घिमिरेले हालसम्म संस्थाले मन्थली नगरपालिकाको वडा नं १ देखी १४ सम्मका साबिकका सबै गाविसहरु, रामेछाप नगरपालिकको वडा नं ७,८ र ९, लिखुतामाकोशी गाउँपालिकाको वडा नं ३,४,५ र ७ तथा खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ लाई कार्यक्षेत्र बनाउँदै आएको जानकारी दिनु भएको थियो ।
आफुहरुले सामान्य अबस्थाबाट शुरु गरेको सहकारीले २४ वर्षको विचमा १४ हजार भन्दा बढि शेयर सदस्य पुर्याउन सफल भएकोमा संचालक र कर्मचारी हरुलाई धन्यवाद पनि दिनु भयो । उहाँले हाल सम्म संस्थाप्रति शेयर सदस्यहरु र शुभ चिन्तकहरुले देखाएको सद्भावप्रति धन्यवाद समेत व्यक्त गर्नु भयो । प्रतिवेदनका अनुसार विगतमा भएको कोरोना संक्रमणको अवस्थामा पनि संस्थाले आफ्ना शेयर सदस्यहरुको हितमा उल्लेख्य काम गरेको जानकारी पनि भट्टले जानकारी गराउनु भयो ।
संस्थाको सक्रियताका कारण केही मात्रामा भएपनि उनीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधारमा सहयोग गर्न सकिएकोमा पनि घिमिरेले खुसि ब्यक्त गर्नु भयो । उत्तिकै महत्वपूर्ण भूमिका रहेको भन्दै संस्थाले “मन्थली बचतको चाहना ः सदस्यको आर्थिक सम्बृद्धिको कामना” भन्ने मूल नारालाई अगिंकार गरेको कारण शेयर सदस्यको हितमा संस्थाले अब्बल काम गर्न सफल भएको भन्दै यसलाई अझ उचो बनाउन संस्थाले थप अभियान चलाउने पनि सचिव घिमिरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारण सभामा कोषाध्यक्ष टीका भट्टले मन्थली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ५८ लाख १४ हजार ८ सय ६२ रुपैयाँ मुनाफा कमाउन सफल भएको जानकारी दिनुभयो ।
संस्थाले एक वर्षको अवधिमा उक्त मुनाफा कमाउन सफल भएको हो । संस्थो आफ्नो २४ औं वार्षिक साधारणसभाको अवसरमा मन्थलीमा आयोजीत कार्यक्रममा उक्त विवरण सार्वजनिक गरेको हो । साधारणसभामा एकवर्षको अवधिमा संस्थाले कर्मचारी र संस्थाको विभिन्न शिर्षकमा गरेको सम्पूर्ण खर्च कटाएर मुनाफा कमाएको जानकारी संस्थाका कोषाध्यक्ष टीकाप्रसाद भट्टले कोषाध्यक्षको प्रतिवेदन मार्फत जानकारी दिए ।
२४ वर्ष अघि ११ जना शेयर सदस्यहरुले १÷१ हजार रुपैयाँबाट आरम्भ गरेको उक्त संस्थाको शेयर पूँजी हालसम्म ९ करोड ६ लाख ६८ हजा २ सय पुगेको छ । त्यस्तै बचत संकलनतर्फ ८२ करोड ५० लाख ९५ हजार २ सय ३१ रुपैयाँ पुगेको छ । त्यसैगरी ऋण लगानीतर्फ ६४ करोड ३९ लाख २९ हजार ७८ रुपैयाँ गरि कूल सम्पती ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० रुपैयाँ रहेको जानकारी पनि कोषाध्यक्ष भट्टले गराए ।
त्यसैगरी
त्यसका लागि यसवर्ष मन्थली र रामेछाप नगरपालिकाका बाँकी रहेको सबै वडाहरुमा कार्यक्षेत्र विस्तार गर्न लागेको जानकारी दिदै घिमिरेले त्यस बापत कूल ५ हजार जना शेयर सदस्यहरु थप गर्ने निति संस्थाले लिएको बताए । संस्थाले आफ्ना शेयर सदस्यहरुको लागि बेलाबेलामा पाठेघरको शल्यक्रिया, हाइड्रोशिल, मोतिया बिन्दुको शल्यक्रिया लगाएतका कामहरु गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप सुविधा दिन लागेको पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रतिवेदनमा आफ्ना शेयर सदस्यहरुलाई चालू आर्थिक वर्ष २०७८÷८९ मा उल्लेखित सुविधाको अलावा हार्डजोर्नी, नाक कान घाँटी, मृगौला र दाँत सम्वन्धी परीक्षण गर्नका लागि आवश्यक प्रक्रिया अवलम्वन गर्ने पनि बताए । त्यसबाहेक तामाकोशी अस्पतालमा दिदै आएको उपचार शुल्कमा १५ प्रतिशत छुटको प्रावधानलाई निरन्तरता दिने, सरकारी स्वास्थ्य विमाको कार्यक्रमलाई शेयर सदस्य मैत्री बनाउँदै संस्था विमा कार्यक्रमा सहभागीता बृद्धि गर्ने जस्ता काम गर्ने लगाएतका ३० वटा बुँदामा काम गर्न लागेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक टंकप्रसाद दाहालले लेखा सुपरीवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गरेका राम्रा कामहरुको बारेमा उल्लेख गर्दै ऋण लगानी, भाका नाघेको ऋण तथा किस्ताको असुली, सदस्यको स्वरोजगार आम्दानी बृद्धि तथा एक्सेस मापदण्डको सवै सूचकहरुमा आवश्यक अनुसारको सबै सुझावहरु प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा उनले ११ जना शेयर सदस्हरुले ११ हजार बाट शुरु गरेको संस्थाले आफ्नो कारोबारमा अर्ब नघाउनु गर्भको विषय भएको भन्दै संस्थाको विकासको लागि आफुले पनि सहयोग गर्ने बताए ।
संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त साधारणसभाले गोबिन्दप्रसाद घिमिरेको अध्यक्षतामा आगामी ४ वर्षको लागि नयाँ नेतृत्व समेत गठन गरेको छ ।
जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः चन्दा खड्का, हिमाल ढुंगेल र टीकाप्रसाद भट्ट रहेका छन् । सर्वसम्मत रुपमा भएको उक्त समितिका सदस्यहरुमा क्रमशः महेश घिमिरे, गौतमकुमार श्रेष्ठ, नविन के.सि. र नानीमैया माझी रहेका छन् । साधारणसभाले टंकप्रसाद दाहालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ ।

Share25Tweet16Share4

Related Posts

साँसद कान्छाराम तामाङद्धारा आफनो तीन महिनाको पारिश्रमिक रसुवागढिका बाढि पिडितलाई सहयोग गर्ने घोषणा
देश

साँसद कान्छाराम तामाङद्धारा आफनो तीन महिनाको पारिश्रमिक रसुवागढिका बाढि पिडितलाई सहयोग गर्ने घोषणा

१९ मंसिर २०७८, आईतवार
रामेछापका सुनचाँदी ब्यवसायीद्धारा कर कार्यालय घेराउ, २२ दिन देखी सुनको कारोवार ठप्प
देश

रामेछापका सुनचाँदी ब्यवसायीद्धारा कर कार्यालय घेराउ, २२ दिन देखी सुनको कारोवार ठप्प

१९ मंसिर २०७८, आईतवार
सकरात्मक सोचद्वारा रचनात्मक जीवन शैली
समाचार

सकरात्मक सोचद्वारा रचनात्मक जीवन शैली

१९ मंसिर २०७८, आईतवार
एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मन्चको सम्मान
समाचार

एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मन्चको सम्मान

१९ मंसिर २०७८, आईतवार
एमनेष्टि इन्टरनेशलनको साधारण सभा सम्पन्न
समाचार

एमनेष्टि इन्टरनेशलनको साधारण सभा सम्पन्न

१९ मंसिर २०७८, आईतवार
आयुर्वेद रामेछापबाट ३० हजार भन्दा बढिले सेवा लिए
विविध

आयुर्वेद रामेछापबाट ३० हजार भन्दा बढिले सेवा लिए

१९ मंसिर २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.