रामेछाप १२ पुष । दुर्घटना न्युनिकिरण सम्बन्धी सप्ताहब्यापी कार्यक्रम आज समापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सप्ताहब्यपी रुपमा बिभिन्न कार्यक्रम गरिएको थियो ।
यहि पुष ६ गते बाट सुरु भएको उक्त कार्यक्रम अन्तर्गत जिल्लाका ३ वटा बिद्यालयमा दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम, मन्थलीमा सञ्चालित अटो ब्यवसायीहरुलाई,जनपद, नगर प्रहरी र नगरपालिकाका कर्मचारहरुलाई अनुशिक्षण,सवारी साधनमा चेतनामुलक स्टीकर टास, सवारी चालक, यात्रु र पैदल यात्रीलाई चेतना मुलक सामाग्री बितण एबं अन्तिम दिन चेतनामुलक रयाली को आयोजना गरी सप्ताहब्यापी कार्यक्रमको सोमबार समापन गरिएको हो ।
समापन कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले, सावरी चालक, पैदल यात्रीले ट्राफिक नियमको पालना गर्न सके दुर्घटना न्यनिकरण हुने बताउनु भयो । उहाले ट्राफिक प्रहरीले अहिले सम्म राम्रो काम गरेको भन्दै अझ थप प्रभावकारी ढंगको काम गर्न पनि आग्रह गर्नुभयो । उहाले भन्नुभयो जव नागरिक मा चेतना जाग्छ तब दुर्घटना न्युनिकरण हुन्छ । जव लापर्बाहि हुन्छ तव दुर्घटना बृद्धि हुन्छ त्यसैले सबैले संयमित भई सचेत नागरिक हुन जरुरी छ ।
कार्यक्रमका अवरमा बिभिन्न चेतनामुलक नाराहरु लेखिएको प्लेकार्ड सहितको रयालीले मन्थलीका बिभिन्न भागहरु परिक्रमा गरी देवकोटामा आएर समापन गरिएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया