रामेछाप,८ असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापले एक औपचारीक कार्यक्रमका विच ३ पालिकाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जात (बोयर) बाख्रा र बोका वितरण गरेको छ । परियोजनाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख पे्रम सागर थापाले बाख्रा र बोका वितरण गर्नुभएको थियो । मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाका किसान, कृषि सहकारी र परियोजनामा आबद्धता भएका कृषि फर्महरुलाई ५० प्रतिशत अनुदानमा बोयर बाख्रा ६ वटा र बोका १२ वटा वितरण गरिएको कार्यालयका निमित्त प्रमुख थिर लाल गैरेले जानकारी दिनुभयो । उहाहरु सबैलाई खुल्ला चिठ्ठाका आधारमा १७ देखि ३५ केजि सम्मका बोका र पाठी वितरण गरिएको हो ।
कार्यक्रमका अबसरमा प्रमुख गैरेले बाख्रा पालन कार्यक्रममा रामेछाप आत्मानिर्भर भएकोले यसको थप ब्यवसायिकता र विकासका लागि परियोजनाले कृषकहरुलाई सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । उहाले भन्नुभयो – रामेछाप जिल्लाबाट मात्र बर्षमा १० करोडको बाख्रा वाहिर निर्यात गरिने भएकाले पनि पशुपालका लागि रामेछाप आत्मनिर्भर रहेको छ ।
परियोजनाको बाख्रा जोन कार्यक्रममा १ सय ५२ बाख्रा फर्म,५१ समुह १६ सहकारी र २ सय १९ वटा कृषि समुह आबद्ध भएको र उक्त सेवा लिनका लागि जोन कार्यक्रममा आबद्ध हुनु पर्ने भएकोले कुषकहरुलाई ५० प्रतिशत भन्दामाथि जातिय शुद्धता भएको बोयर जातका क्रस बोका, पाठी वितरण गरिएको परियोजनाका सुचना अधिकारी बेदराज काफ्लेले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया