Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाद्धारा १ अर्ब , ४० करोड ७८ लाख वजेट बिनियोजन

नेपाल अभियान नेपाल अभियान
१० असार २०७९, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
118
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,१० असार । रामेछाप जिल्लाको सदरमुकाम रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सहित १ अर्ब ४० करोड ७८ लाख बरावरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको शुक्रवार सम्पन्न ११ औँ नगर अधिवेशनले नगरपालिका भित्रका क्रमागत आयोजनालाई निरन्तरता दिने, ठुला तथा पूर्वाधार निर्माण गर्ने, स्वास्थ्य, शिक्षा,कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, लक्षित वर्ग कार्यक्रम, रोजगारी सिर्जना र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।


नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभा ले छोरीको जीवन बिमा देखि भेटेरीनरी पढने लाई छात्र बृत्ति दिने समेत योजना अगाडि सारेको छ ।
नगर अधिवेशनमा नगरप्रमुख लब श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, विद्यालयमा सिक्दै कमाउदै र वडा स्तरबाट नै अनलाइन प्रविधिबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था गरिने लगायतका कार्यक्रम समावेश गरिएको छ । एकीकृत सम्पत्ती करमा १० प्रतिशत कटौती गरी कर समायोजन गर्ने, नगरभित्र नै कृषि तथा पशु प्राविधिक जनशक्ति उत्पादन तथा परिचालनका लागि कृषि र भेटेरिनरी बिषयमा डिप्लोमा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा एक देखि नै गणित लगायतका प्रमुख बिषय अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने, विद्यार्थीसँग स्वास्थ्यकर्मी र किशोरीसँग नर्स कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ । नगरसभामा मन्थली नगरकी उप–प्रमुख इश्वरी बस्नेतले एक अर्ब ४० करोड ७८ लाख ५३ हजार रुपैया बरावरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
विनियोजित बजेटमध्ये चालुतर्फ ९६ करोड २७ लाख ३ हजार र पूँजीगत तर्फ ४४ करोड ५१ लाख ५० हजार रुपियाँ रहेको छ । बाँडफाँड गर्न मिल्ने ५६ करोड ८ लाख ११ हजार रकम विनियोजन गरिएकोमा चालुतर्फ २६ करोड २८ लाख ७१ हजार र पूँजीगततर्फ ३० करोड ५ लाख ५१ हजार रहेको छ ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा १४ वटै वडामा टोल बिकास समिति गठन गर्ने, नियमिति रुपमा मृगौला परीक्षणको ब्यवस्था गर्ने, छोरीको जन्मलाई प्रोत्साहित गर्न नगरभित्र स्वास्थ्यको मापदण्ड पुरा गरी स्वस्थ्य कर्मीको निगरानिमा जन्म हुने छोरीको जीवन बिमा वापदको पहिलो किस्ता बापदको रकम नगरपालिकाले उपलब्ध गराउने कुराहरु पनि उल्लेख गरिएको छ ।

Share47Tweet30Share8

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१० असार २०७९, शुक्रबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

१० असार २०७९, शुक्रबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

१० असार २०७९, शुक्रबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१० असार २०७९, शुक्रबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१० असार २०७९, शुक्रबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१० असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero