Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका सबै स्थानिय तहमा बेरुजु रकम बढ्यो

नेपाल अभियान नेपाल अभियान
३१ असार २०७९, शुक्रबार
in प्रदेश नं ३, समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३१असार । गत आर्थिक वर्षकोे तुलनामा रामेछापका स्थानिय तहरुको बेरुजु चालु अब सम्म आईपुग्दा गत बर्षको भन्दा आधा बढीले बेरुजु थपिएको छ । उक्त विवरण महालेखापरीक्षकको ५८औँ लेखापरीक्षणको प्रतिवेदनले सार्वजनिक गरेसंगै रामेछापका सबै स्थानीय तहको बेरुजु १८ करोड ३७ लाख ९७ हजार (१६.४ प्रतिशत) बेरुजु पुगेको विबरण सार्वजनिक भएको हो ।
५९औँ लेखापरीक्षणको प्रतिवेदनमा कुल १० अर्व ९५ करोड २५ लाख ९४ हजारको लेखापरीक्षण गर्दा ३७ करोड ३ लाख ५० हजार रुपैयाँ बेरुजू देखिएको छ । जसको पहिलो नम्बरमा उमाकुण्ड, अन्तिम नम्बरमा सुनापति गाउँपालिकाको नाम दर्ज भएको छ । जसलाई तपसिल बमोजिम थप प्रष्ट्याउने जमर्काे पनि गरिएको छ ।

              मन्थली नपा 

दुई वटा नगरपालिका मध्ये मन्थली नगरपालिकाको बेरुजु रकम पनि अघिल्लो वर्षको तुलनामा वर्ष बढेको छ । महालेखाको ५८औँ लेखापरीक्षणको प्रतिवेदनले मन्थलीको बेरुजू १ करोड ८९ लाख ६२ हजार अर्थात ० दशमलब ९७ प्रतिशतमा रहेको जनाएको थियो । तर ५९औँ लेखापरिक्षणको प्रतिबेदनमा बेरुजु रकम बढेर १ दशमलव ६५ प्रतिशत पुगेको छ ।
यस वर्ष २ अर्व ७ करोड ६६ लाख ५६ हजारको लेखापरीक्षण हुँदा ३ करोड ४३ लाख ६० हजार अर्थात १ दशमलव ६५ प्रतशित बेरुजु बढेको छ । सरकारले हरेका वर्ष बेरुजु घटाउने भन्दै अभियाननै चालेको छ । तर मन्थली नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ मा बेरुजू रकम घटेको देखिए पनि अघिल्ला दुई वर्षमा लगातार बेरुजु रकम बढेको र यस बर्ष पनि बृद्धि भएको छ ।

       रामेछाप नपा 

बेरुजु घटाउने कुरा आफनो निति कार्यक्रममानै उल्लेख गरेको रामेछाप नपाले बिगत तीन वर्ष देखि लगातार आफ्नो बेरुजु अंक घटाउँदै लगेको भएपनि यस बर्ष भने रामेछाप नगरपालिकाको बेरुजुको भोलम पनि बढेको छ । उसले आर्थिक वर्ष २०७६÷०७७ मा २ अर्व २ करोड २६ लाख १४ हजारको लेखापरिक्षण गर्दा ६० लाख ४१ हजार आर्थत ० दशमलब ३० प्रतिशत मात्रै बेरुजु आएको थियो । तर, यस वर्ष १ अर्व ७० करोड ५१ लख ३४ हजारको लेखापरिक्षण गर्दा १ करोड ५१ लख ६० हजार अर्थात ० दशमलव ८९ प्रतिशत बेरुजु देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

              सुनापति गापा 

अघिल्लो वर्ष प्रतिशतमा २ दशमलब ८९ प्रतिशत बेरुजु देखिएको सुनापति गाउँपालिकामा यस वर्ष बेरुजु अंक घटेर ० दशमलव ७२ प्रतिशतमा झरेको छ । यस वर्ष महालेखाले ९४ करोड ४६ लाख ७३ हजारको लेखापरिक्षण गर्दा ६७ लाख ८५ हजार अर्थात ० दशमलव ७२ प्रतिशत मात्रै बेरुजु रकम देखाएको छ । महालेखापरीक्षकको कार्यालयले यसबर्ष लेखापरीक्षण गरेका रामेछापका ८ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु आउने स्थानिय तहमा सुनापति गाउँपालिका परेको छ ।
उमाकुण्ड
त्यसैगरि यस अघि पनि बेरुजु धेरै देखिनेमा उमाकुण्ड गाउँपालिका पहिलो नम्बरमा थियो । ५९औँ लेखापरीक्षणमा पनि बेरुजु रकम दोब्बरले बृद्धि गर्दै बेरुजू बढी देखिएको पालिकाको रुपमा उमाकुण्डले आफनो नाम पहिलो नम्बरमै दर्ज गरेको छ ।
सुनापतिमा अघिल्लो वर्ष ९६ करोड ४१ लाख ९९ हजारको लेखापरिक्षण गर्दा ५ करोड २० लाख ४९ हजार (५.४ प्रतिशत) बेरुजू देखिएको थियो । यस वर्ष १ अर्व ७ करोड ४१ लाख ४९ हजारको लेखापरिक्षण गर्दा ११ करोड ७३ लाख ६६ हजार (१०.९३ प्रतिशत) बेरुजू देखिएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष ६ करोड ५३ लाख १७ हजार रुपैयाँ बढी बेरुजु देखिको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खाँडादेवी गापा
आव २०७७÷०७८ मा भएको खाँडादेवी गाउँपालिकाको १ अर्ब ५५ करोड २७ लाख ९३ हजार रुपैयाँको लेखापरीक्षण भएको छ । जसमा ९ करोड २८ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदनमा रामेछापका स्थानीय तह मध्ये बेरुजू बढी देखिने पालिकामा खाँडादेवी गाउँपालिका दोस्रो नम्बरमा परेको र यस वर्ष पनि उसले सोही स्थान ओगट्दै दोस्रो नम्बरमा पर्न सफल भएको छ ।
उक्त पालिकामा अघिल्लो वर्ष १ अर्ब ३१ करोड ६२ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ६७ लाख ४ हजार रुपैयाँ बेरुजू देखिएको थियो । अघिल्लो वर्षको लेखापरीक्षणमा ४ दशमलब ३१ प्रतिशत बेरुजू आएको खाँडादेवीमा यस वर्ष बेरुजुको अंक बढेर ५ दशमलब ९८ प्रतिशत पुगेको पनि प्रतिबेदनले औल्याएको छ ।
लिखुतामाकोशी
आन्तरिक कलह र विवादका कारण विगत दुई वर्ष देखि लेखापरिक्षण हुन नसकेको लिखुतामाकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरिक्षण भएको छ । ५९औँ लेखापरीक्षणको प्रतिवेदनमा लिखुतामाकोशी गाउँपालिकाको ९८ करोड २७ लाख २२ हजारको लेखापरिक्षण गर्दा ४ करोड १७ लाख ४० हजार रुपैयाँ अर्थात ४ दशमलव २५ प्रतिशत बेरुजु दखिएको पनि प्रतिबेदनमा उल्लेख गरिएको छ ।

        गोकुलगंगा  गापा 

गोकुलगंगा गाउँपालिकामा अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर भन्दा बढी अंकले बेरुजु बढेको छ । गोकुलगंगा यस बर्ष बेरुजु बढी आउने पालिकाको छैठौँ स्थानबाट चौथो स्थानमा पुगेको छ । महालेखाको ५९औँ प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको १ अर्व २९ करोड ५४ लाख ४२ हजारको लेखापरिक्षण गर्दा ४ करोड ४६ लाख ५८ हजार अर्थात ३ दशमलव ४५ प्रतिशत बेरुजू देखिएको छ । महालेखाको ५८औँ प्रतिवेदनमा १ अर्व १४ करोड ९२ लाख १८ हजारको लेखापरीक्षण हुँदा ९७ लाख ६२ हजार अर्थात ० दशमलब ८५ प्रतिशत मात्रै बेरुजु रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षणमा केही सुधार देखिएको भएपनि आर्थिक वर्ष २०७७÷०७८ मा यसको बेरुजुको अंक अस्वभाविक रुपमा बृद्धि भएको छ ।
दोरम्बा शैलुङ्ग गापा
दोरम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु भने अघिल्लो वर्षको तुलनामा केही प्रतिशतले कमी आएको छ । महालेखाको ५८औँ लेखापरीक्षणको प्रतिवेदनमा दोरम्बा शैलुङ्ग गाउँपालिकाको ९३ करोड ८६ लाख ९६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा बेरुजु रकम १ करोड ५४ लाख ८७ हजार अर्थात १ दशमलब ६ प्रतिशत अँक आएको थियो । यो वर्ष १ अर्व ३२ करोड १० लाख २६ हजारको लेखापरिक्षण गर्दा १ करोड ७४ लाख ३२ हजार अर्थात १ दशमलव ३२ प्रतिशत रकम बेरुजु देखिएको पनि प्रतिबेदनमा उल्लेख गरिएको छ ।
प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम आदिलाई महालेखा परीक्षकको कार्यालयले बेरुज रकमका रुपमा लिने गरेको छ ।

Share24Tweet15Share4

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३१ असार २०७९, शुक्रबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३१ असार २०७९, शुक्रबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

३१ असार २०७९, शुक्रबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

३१ असार २०७९, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

३१ असार २०७९, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

३१ असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.