Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा बजार अनुगमनमा कडाई हुने

नेपाल अभियान नेपाल अभियान
८ असार २०७६, आईतवार
in समाचार
0
165
SHARES
Share on FacebookShare on Twitter

८ असार, २०७६

मन्थली- रामेछाप जिल्लामा पनि खाद्य प्रबिधि तथा गुणस्तको मापन हुने भएको छ । आइतबार खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले मन्थलीमा आयोजना गरेको कार्यालयको कामकाज सम्बन्धि अभिमुखीकरण कार्यक्रममा रामेछापमा पनि खाद्य प्रबिधि तथा गुणस्तको मापन हुने बताईएको हो ।

कार्यक्रममा बोल्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रेम अर्यालले सिन्धुली र रामेछाप कार्यक्षेत्र बनाएर चालु आर्थिक बर्षमा मात्र स्थापना भएको कार्यालय मार्फत आगामी आर्थिक बर्षमा खाद्य प्रबिधि तथा गुण नियन्त्रणसँग सम्बधित बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

उहाँले रामेछापमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनुगमन गर्ने, जिल्लामा वा जिल्ला बाहिर उत्पादन भएका बस्तुहरूको गुणस्तर मापनका लागि आबश्यक बिधि र प्रकृया अपनाउने, जिल्लामा रहेका होटलहरुको स्तरीकरण गर्ने र म्याद गुज्रेका सामाग्रीहरू बिक्रि बितरणका लागि नराख्न सबै ब्यवसायिहरूलाई सचेतना अभियान  सञ्चालन गर्ने लगाएतका कार्यक्रमहरु गरिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले जिल्ला प्रशासन कार्यालयले पटक–पटक बजार अनुगमन गर्ने गरेको, बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका समाग्रीहरु जफत गरी ल्याइएको समानहरु नष्ट गर्ने र ब्यवसायिहरुलाई सचेत गराउने गरिएको भएपनि गुणस्तर मापनको बिधि र प्रकृया प्रशासनसँग नहुँदा समस्या भैरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले जिल्लामा उत्पादन हुने मिनिरल वाटर, बेकरीका सामाग्री जुनारको जुस लगाएतका बस्तुहरुको तत्काल गुणस्तर मापन गर्नु पर्ने माग राख्नुभयो । उहाँले बजारमा म्याद गुज्रेका सामाग्रहीहरू बिक्रि बितरण गर्ने जो सुकै ब्यपारीलाई  पनि कार्बाहि नहुन्जेल बजार अनुगमन प्रभावकारी नभएकाले  अब यस कार्यालय मार्फत हुने कार्यक्रमहरु त्यस्तो नहुने अपेक्षा रहेको बताउनुभयो ।  

त्यस्तै रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले ब्यवसायिहरुले समेत उपभोग्य म्यादको बारेमा नबुझ्ने खालका समानहरू पनि बिक्रि बितरण गर्नुपर्ने अबस्था रहेकोले उत्पादन हुने ठाँउबाट नै यस प्रकारको समस्या समाधानका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलयले पहल गर्नुपर्ने बताउनुभयो ।

यस अघि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा हुने गरेको बजार अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सहकार्य गर्ने भए पछि बजार अनुगमनमा थप कडाइ हुने संकेत देखिएको छ ।

Share147Tweet8Share2

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

८ असार २०७६, आईतवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

८ असार २०७६, आईतवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

८ असार २०७६, आईतवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

८ असार २०७६, आईतवार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

८ असार २०७६, आईतवार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

८ असार २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.