
मन्थली,२६ वैशाख । सिन्धुली– काठमाडौँ सम्पर्क समितिको काठमाडौँमा हालै सम्पन्न पाँचौँ अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध चयन भएको छ ।
यसरी निर्वाचित हुनेहरूमा उपसभापतिहरु क्रमशः समिता कोइराला,सुशील बराल,टंक बहादुर खत्री र चतुरमान बल रहनुभएको छ भने सचिव द्वय अन्जनी कोइराला र शोभा गौतम रहनु भएको छ । त्यसैगरी सह–सचिवहरु क्रमशः केदार बनिया ( बाबा जोहन ) ,विकेश अधिकारी,कुलदिप कोइराला र हिरण बुढाथोकी रहनुभएको छ ।

त्यसैगरी कोषाध्यक्षमा आशिष खत्री रहनु भएको छ भने सदस्यहरुमा क्रमशः सुरेश प्रसाद कोइराला,प्रदीप श्रेष्ठ,उमेश अधिकारी,रोशन घलान,अर्जुन नेपाली,राजकुमार सुनुवार,राजेन्द्र कार्की, रेमन राई,खड्क बहादुर थापा,मेनुका सुबेदी,मन्दिरा दाहाल,खिलनाथ श्रेष्ठ,प्रनिश घिसिङ्ग पदम तामाङ्ग,सबिन दाहाल र गोविन्द बहादुर बुढाथोकी रहनु भएको छ ।

सम्पर्क समितिका निवर्तमान सभापति विदुर वाइवाको अध्यक्षता एबं नेपाली काँग्रेसकी संघिय सांसद सुशीला थिङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । समितिमा केही सदस्यहरू अझै मनोनीत गर्न वाकी रहेको र चाडै नै मनोनीत गरी समितिलाई पूर्णता दिने नव निर्वाचित अध्यक्ष गुरुङले वताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया