रामेछाप- लकडाउनका कारण सवारीसाधन नचलेपछि विभिन्न ठाउँमा रहेका श्रमिकहरु आफ्नो घर जानको लागि अहिले दशौ दिनको पैदल यात्रा गरीरहेका छन् । रामेछाप, दोलखा, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका ठाउँमा काम गर्ने मजदुरहरु रामेछाप जिल्ला हुँदै आफ्नो घर जाने क्रममा खाना, खाजा, पानी, बास नपाएर भोकभोकै यात्रा गर्नु परेको संचार माध्यममा समाचारहरु आइरहेका छन् ।
यसरी भोकै हिड्ने पैदलयात्रीलाई थोरै भएपनि राहात पुर्याउने उद्देश्यले नेपाल विद्यार्थी संघले रामेछापको सेलेघाटमा खाजा–पानीको व्यवस्था गरेको छ । बैशाख ६ गते नेविसंघको ५१ औं स्थापना दिवसको अवसर पारेर शनिबार विहान पैदलयात्रीका लागि पानी, बिस्कुट, चाउचाउ, चिउरा, दालमोट, फ्रुटी लगायतका सामाग्री तयारी अवस्थामा राखिदिएको नेविसंघ रामेछापका जिल्ला सचिब सुन्दर घिमिरेले जानकारी दिनुभयो । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले चैत्र ११ गते देखि नियमित रुपमा लकडाउन गरीरको अवस्थामा पनि नेविसंघले भिडभाड नगरी विभिन्न जनचेतना मूलक कार्यक्रम गरीरहेको सचिब घिमिरेले बताउनुभयो ।
नेविसंघ रामेछापका सचिब बिनोद बुढाथोकी, सहसचिब बिमल पैडेल, कोषाध्यक्ष युवराज सुवेदी, रामेछाप प्रदेशसभा ‘ख’ का अध्यक्षा उत्तम कार्की, रामेछाप प्रदेशसभा ‘क’ का उपाध्यक्ष सरोज श्रेष्ठ, विद्यार्थी नेता विनोद माझी र नेविसंघ ओखलढुङ्गाका सचिब कृष्ण सुवेदी सहितको टोलीले उक्त सामाग्री त्यहाँ लगेर रखिएको नेविसंघ रामेछापले बताएको छ ।
यो बारेमा तपाईको प्रतिकृया