Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नामाडी घट्नामा लगाइएको आरोप र प्रदेश सांसदको अभिब्यक्ति प्रति काँग्रेसको आपत्ति

नेपाल अभियान नेपाल अभियान
१० मंसिर २०७७, बुधबार
in राजनीति, समाचार
0
203
SHARES
Share on FacebookShare on Twitter

१० मंङ्सिर, रामेछाप । नेपाली काँग्रेस रामेछापले नामाडी घट्नाको बिषयलाई लिएर प्रदेश सांसदको अभिब्यक्तिको खण्डन गर्दे बिज्ञप्ती जारी गरी आफ्ना कार्यकर्ताहरु सुनियोजित ढंगले फसाउन लागेको भन्दै आपत्ति जनाएको छ ।
नेपाली काँग्रेस रामेछापका सचिब एक बहादुर बस्नेत (बिष्णु) द्वारा हस्तक्षरीत बिज्ञप्तीमा रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका भित्र बजेट कार्यन्वयनमा भएको एकलौटिपन, मनोमानितन्त्र र अनियमितता विरुद्धमा आवाज उठाउने क्रममा शान्तिपूण छलफल भैरहेको बेला नियोजित ढंगले नेकपा सरकारका कार्यकर्ताहरुलाई उचाली नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य दिपक खड्का, नेपाल तरुण दल रामेछापका जिल्ला अध्यक्ष काजी बहादुर खड्का (दिनेश) र स्थानीय युवा नेता सुमन खड्का माथि आक्रमण गर्दा छुटाउने क्रममा भएको सामन्य भन्दा सामन्य बिषयलाई राजनीतिकरण गरी प्रतिपक्ष दलको बढ्दो जनविश्वास र आर्कषण निस्तेज पार्न घटनाको सत्य तथ्य नबुझि सत्ता र शक्तिको आडमा राज्य संयन्त्रलाई गलत मनसायले परिचालन गरी ज्यान मार्ने उद्योगमा किटनी जाहेरी गरेको प्रति नेपाली काँग्रेसको घोर आपत्ति रहेको जनाइएको छ ।

बिज्ञप्तीमा यस घटनाको सम्बन्धमा सम्बन्धित निकायलाई घ्यानार्कषण गराउदै जालझेल र कपटपूर्ण तवरबाट राजनैतिक आस्थाको आधारमा लागाइएका झुट्ठा मुद्दा अविलम्ब फिर्ता लिएर जनतालाई शान्तिपूर्ण बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न नेपाली काँग्रेस नेकपाको सरकार लाई चेतावनी दिन चाहेको कुरा पनि उल्लेख गरिएको छ ।
स्थानीय प्रहरी प्रशासनले नेकपा कार्यकर्ताहरुले जे गरेपनि बेवास्ता गरेको, नेपाली काँग्रेसका कार्यकर्ता माथि एकपक्षिय ढंगबाट झुट्ठा मुद्दा लगाएको, धरपकट गर्ने गरेकोले प्रशासनको निष्पक्षता माथि नै प्रश्न चिन्ह देखा आरोप पनि बिज्ञप्ती मार्फत लगाइएको छ ।

सार्वसत्ता र फाँसिवादी शैलिमा केही सञ्चार माध्यबाट नेकपा रामेछापका जिल्ला सचिव तथा बागमति प्रदेश सांसद शान्ति प्रसाद पौडेलले दिएको कपोकल्पित, भ्रामक तथा अरोपपूर्ण अभिव्यक्ति प्रति नेपाली काँग्रेस रामेछाप घोर भत्सर्ना गरेको कुरा उल्लेख गर्दै बहुदलिय नैतिकता र प्रतिपक्ष आवाजको सम्मानका लागि पाठ सिक्न चेतावनी पनि बिज्ञप्ती मार्फत दिइएको छ ।
बिज्ञप्तीमा नागरिकको भय मुक्त बातावरणबाट बाँच्न पाउने अधिकार, शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार, सूचना पाउने अधिकार जस्ता सवैधानिक अधिकारलाई सत्ताको कुण्ठामा पार्ने कार्य जो कसैले कसैमाथि गरे नेपाली काँग्रेस नागरिक अधिकारको लागि र नेपाली जनताको हितको लागि जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने कुरा पनि उल्लेख गरिएको छ ।
यहि मंसिर ९ गते बसेको नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको बैठकले नामाडी घट्नामा आफ्ना निर्दोष कार्यकर्ताहरुमाथि लागाएको आरोप र नेकपाका जिल्ला सचिब तथा प्रदेश सांसद शान्ति प्रसाद पौडेलले बिभिन्न सञ्चार माध्यमहरुमा दिएको भ्रमपूर्ण अभिब्यक्तिहरुलाई खण्डन गर्दै बिज्ञप्ती निकाल्ने, कृयासिल सदस्यता बितरण तथा नविकरण सुरु गर्ने लगाएतका बिभिन्न निर्णयहरु गरेको थियो ।

Share81Tweet51Share14

Related Posts

साँसद कान्छाराम तामाङद्धारा आफनो तीन महिनाको पारिश्रमिक रसुवागढिका बाढि पिडितलाई सहयोग गर्ने घोषणा
देश

साँसद कान्छाराम तामाङद्धारा आफनो तीन महिनाको पारिश्रमिक रसुवागढिका बाढि पिडितलाई सहयोग गर्ने घोषणा

१० मंसिर २०७७, बुधबार
रामेछापका सुनचाँदी ब्यवसायीद्धारा कर कार्यालय घेराउ, २२ दिन देखी सुनको कारोवार ठप्प
देश

रामेछापका सुनचाँदी ब्यवसायीद्धारा कर कार्यालय घेराउ, २२ दिन देखी सुनको कारोवार ठप्प

१० मंसिर २०७७, बुधबार
सकरात्मक सोचद्वारा रचनात्मक जीवन शैली
समाचार

सकरात्मक सोचद्वारा रचनात्मक जीवन शैली

१० मंसिर २०७७, बुधबार
एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मन्चको सम्मान
समाचार

एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मन्चको सम्मान

१० मंसिर २०७७, बुधबार
एमनेष्टि इन्टरनेशलनको साधारण सभा सम्पन्न
समाचार

एमनेष्टि इन्टरनेशलनको साधारण सभा सम्पन्न

१० मंसिर २०७७, बुधबार
आयुर्वेद रामेछापबाट ३० हजार भन्दा बढिले सेवा लिए
विविध

आयुर्वेद रामेछापबाट ३० हजार भन्दा बढिले सेवा लिए

१० मंसिर २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.