रामेछाप । नेपाली कांग्रेस लिखु तामाकोशि गाउँपालीकाले नागरिकको पक्षमा गम्भिर भएर तत्काल निर्णय लिन आग्रह गरेको छ । उसले लिखित रुपमानै पालिकाको कार्यालय धोविमा पुगेर अध्यक्ष गोविन्द बहादुर खड्का समक्ष निति र विधिका आधारमा नागरिकका पक्षमा गम्भिरताका साथ काम गर्न आग्रह गरेको हो ।
पार्टि सभापति योगेश्वर तिमल्सिनाको नेतृत्वमा पालीकामा पुगेको टोलीले मुलुकभर फैलिएको कोभिडको महामहारीले जिल्ला तथा पालीकालाई समेत संक्रमित बनाउनुका साथै मानिसको ज्यान जाँदा पनि पालिकाको ध्यान नगएको भन्दै तत्काल ध्यानाकर्षणको लागि पालीकासंग आग्रह गरेको छ । उसले पालीकामा वुझाएको ज्ञापन पत्रमा जिल्लाभर लकडाउन भईरहेको बेला धोवि बाजार दैनिक रुपमा खुल्ला रहने गरेको र मानिसको आवत जावतका कारण सयौको संख्यामा कोभिडका संक्रमित बढिरहेका र थप जोखिमको संभावना बढेको भन्दै स्थानिय सरकारलाई गम्भिरताका साथ नागरिकको पक्षमा निर्णय लिन आग्रह गरेको छ ।पर्टिको ज्ञापन पत्र सहित पालीकामा पुगेका कांग्रेसका नेता तथा कार्यकर्ताले कोभिडलाई गम्भिरताका साथ लिएर त्यसको तत्काल उपचार र निराकरणका लागि पनि अध्यक्षलाई आग्रह गरेका छन ।
त्यसैगरि उसले केन्द्रिय सरकारको निर्णय र अध्यक्षको प्रतिबद्धता अनुसार धोविको १५ सैयाको अस्पताल सोहि ठाउँमा निर्माण गर्न पनि आग्रह गरेको छ । पालिकाको पाएक पर्ने ठाउँमा भएकोले स्थानियले दिएको ९ रोपनि जमिनमानै उक्त अस्पताल निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ ।सभापति योगेश्वर तिमल्सिना र सचिव दामोदर खड्काद्धारा हस्ताक्षर विज्ञप्तिमा केहि दिन देखि अध्यक्ष गोविन्द बहादुर खड्का सिमित व्यक्तिहरुको उक्साहटमा लागेर नागीको निर्माणको चरणमा रहेको पालीकाको केन्द्रमा रहने धोविको अस्पताल खिम्ति वेसीमा पु¥याउनका लागि लागेको भन्दै उक्त कर्म तत्काल रोक्न पनि कांग्रेसले माग गरेको छ । स्थानिय सरकारले यस तर्फ ध्यान नदिएर पालीकालाई अपाएक पर्ने स्थान खिम्ति बेसीमा अस्पताल बनाउने निर्णय भए त्यसको नेपाली कांगे्रसले कडाइका साथ मुकावला गर्न समेत निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहेका स्थानिय युवा भोजराज खड्काले जानकारी दिनुभयो । उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु भएको छ , “हामी खिम्तिको विकास विरोधि होइनौँ तर नितिगत रुपमा निर्णय भएर पालीकाको केन्द्रमा बन्न लागेको अस्पतालमा आएको बजेट अन्यत्र लैजानु हुँदैन यस तर्फ अध्यक्षले बेलैमा सोच्न जरुरी छ ।”
यस बारेमा पालिकाका अध्यक्ष गोविन्द खड्का संग सम्पर्क गर्दा उहाँले अस्पतालको शिर्षकमा केहि ब्यक्तिले खेल खेल्ने प्रयास गरेको भएपनि आफुले अस्पताल सिलान्यास गरेकै ठाउँमा बनाएर छाड्ने बताउनु भयो । अस्पताल अन्यत्र जानु भनेको मैले आत्मादाहा गर्नु जत्तिकै हो । कोभिडको संक्रमण र संक्रमितहरुको सवालमा आफु उत्तिकै गम्भिर रहेको भन्दै त्यसका लागि २ वटा एम्वुलेन्स आफुले निःशुल्क रुपमा नागरिकहरुको सेवाको लागि तयारी अबस्थामा राखेको जानकारी दिनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया