Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिकका पक्षमा गम्भिर हुन लिखु कांग्रेसको आग्रह

नेपाल अभियान नेपाल अभियान
१४ जेष्ठ २०७८, शुक्रबार
in राजनीति, स्वास्थ्य
0
93
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस लिखु तामाकोशि गाउँपालीकाले नागरिकको पक्षमा गम्भिर भएर तत्काल निर्णय लिन आग्रह गरेको छ । उसले लिखित रुपमानै पालिकाको कार्यालय धोविमा पुगेर अध्यक्ष गोविन्द बहादुर खड्का समक्ष निति र विधिका आधारमा नागरिकका पक्षमा गम्भिरताका साथ काम गर्न आग्रह गरेको हो ।
पार्टि सभापति योगेश्वर तिमल्सिनाको नेतृत्वमा पालीकामा पुगेको टोलीले मुलुकभर फैलिएको कोभिडको महामहारीले जिल्ला तथा पालीकालाई समेत संक्रमित बनाउनुका साथै मानिसको ज्यान जाँदा पनि पालिकाको ध्यान नगएको भन्दै तत्काल ध्यानाकर्षणको लागि पालीकासंग आग्रह गरेको छ । उसले पालीकामा वुझाएको ज्ञापन पत्रमा जिल्लाभर लकडाउन भईरहेको बेला धोवि बाजार दैनिक रुपमा खुल्ला रहने गरेको र मानिसको आवत जावतका कारण सयौको संख्यामा कोभिडका संक्रमित बढिरहेका र थप जोखिमको संभावना बढेको भन्दै स्थानिय सरकारलाई गम्भिरताका साथ नागरिकको पक्षमा निर्णय लिन आग्रह गरेको छ ।पर्टिको ज्ञापन पत्र सहित पालीकामा पुगेका कांग्रेसका नेता तथा कार्यकर्ताले कोभिडलाई गम्भिरताका साथ लिएर त्यसको तत्काल उपचार र निराकरणका लागि पनि अध्यक्षलाई आग्रह गरेका छन ।

त्यसैगरि उसले केन्द्रिय सरकारको निर्णय र अध्यक्षको प्रतिबद्धता अनुसार धोविको १५ सैयाको अस्पताल सोहि ठाउँमा निर्माण गर्न पनि आग्रह गरेको छ । पालिकाको पाएक पर्ने ठाउँमा भएकोले स्थानियले दिएको ९ रोपनि जमिनमानै उक्त अस्पताल निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ ।सभापति योगेश्वर तिमल्सिना र सचिव दामोदर खड्काद्धारा हस्ताक्षर विज्ञप्तिमा केहि दिन देखि अध्यक्ष गोविन्द बहादुर खड्का सिमित व्यक्तिहरुको उक्साहटमा लागेर नागीको निर्माणको चरणमा रहेको पालीकाको केन्द्रमा रहने धोविको अस्पताल खिम्ति वेसीमा पु¥याउनका लागि लागेको भन्दै उक्त कर्म तत्काल रोक्न पनि कांग्रेसले माग गरेको छ । स्थानिय सरकारले यस तर्फ ध्यान नदिएर पालीकालाई अपाएक पर्ने स्थान खिम्ति बेसीमा अस्पताल बनाउने निर्णय भए त्यसको नेपाली कांगे्रसले कडाइका साथ मुकावला गर्न समेत निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहेका स्थानिय युवा भोजराज खड्काले जानकारी दिनुभयो । उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु भएको छ , “हामी खिम्तिको विकास विरोधि होइनौँ तर नितिगत रुपमा निर्णय भएर पालीकाको केन्द्रमा बन्न लागेको अस्पतालमा आएको बजेट अन्यत्र लैजानु हुँदैन यस तर्फ अध्यक्षले बेलैमा सोच्न जरुरी छ ।”
यस बारेमा पालिकाका अध्यक्ष गोविन्द खड्का संग सम्पर्क गर्दा उहाँले अस्पतालको शिर्षकमा केहि ब्यक्तिले खेल खेल्ने प्रयास गरेको भएपनि आफुले अस्पताल सिलान्यास गरेकै ठाउँमा बनाएर छाड्ने बताउनु भयो । अस्पताल अन्यत्र जानु भनेको मैले आत्मादाहा गर्नु जत्तिकै हो । कोभिडको संक्रमण र संक्रमितहरुको सवालमा आफु उत्तिकै गम्भिर रहेको भन्दै त्यसका लागि २ वटा एम्वुलेन्स आफुले निःशुल्क रुपमा नागरिकहरुको सेवाको लागि तयारी अबस्थामा राखेको जानकारी दिनु भयो ।

Share37Tweet23Share7

Related Posts

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१४ जेष्ठ २०७८, शुक्रबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१४ जेष्ठ २०७८, शुक्रबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१४ जेष्ठ २०७८, शुक्रबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

१४ जेष्ठ २०७८, शुक्रबार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

१४ जेष्ठ २०७८, शुक्रबार
नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।
राजनीति

नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।

१४ जेष्ठ २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.