रामेछाप,५ चैत ।“घर घर जाँऔं काँग्रेसलाई जिताऔं” भन्ने अभियान अन्तर्गत नेपाली काँग्रेस प्रदेश सभा “ख” क्षेत्रिय कार्यसमितिले १ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।
प्रदेश सभा ख का सभापति राजेश श्रेष्ठ को अध्यक्षता एबं नेपाली काँग्रेस केन्द्रीय समितिका सह महामन्त्री बद्री पाण्डेको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो असवरमा प्रमुख अतिथि पाण्डेले नेपाली काँग्रेसको सैद्धान्तिक पक्ष तथा निर्बाचन केन्द्रीत प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा ख अन्तर्गतका पालिकाहरु र ति पालिका अन्तर्गतका वडाकार्य समितिका पदाधिकारीहरु, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, र क्षेत्रिय प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।
सो कार्यक्रमका अबसरमा क्षेत्रीय समितिले १३ औ महाधिवेशन बाट निर्बाचित सम्मका क्षेत्रीय सभापतिहरु क्रमश श्याकाजी श्रेष्ठ, झनक बहादुर श्रेष्ठ, नारायण दाश श्रेष्ठ, अर्जुन कुमार के सी, ताराराम श्रेष्ठ, र बिनोद कार्की लाई दोसल्ला र प्रशंसा पत्रले सम्मान गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया