रामेछाप,११ फागुन । वागमती प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री युवराज दुलाले राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा राष्ट्रिय सहमति गरेर सबै दलको साझा नेतालाई राष्ट्रपति वनाउनुपर्ने बताउनु भएको छ । विहिवार रामेछाप नगरपालिका वडा नं–६ स्थित जनकल्याण माध्यामिक बिद्यालय च्यास्कुको नव निर्मित भवनको उद्घान गर्दै उहाले सो कुरा बताउनुभएको हो ।
उहाले सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण घट्दै गएकोले शिक्षकले धेरै मेहनत गरेर बिद्यार्थीहरुको आकर्षण गर्नुपर्ने बताउनुभयो । उहाले सामुदायिक विद्यालय डहु माध्यामिक बिद्यालय जस्तो हुनुपर्ने भन्दै विद्यालयका लागि आबश्यक भवन र फर्निचर नपुगे प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि वताउनु भयो ।

कार्यक्रमका अबसरमा बोल्दै विशिष्ट अतिथि एबं संघिय सांसद पूर्ण बहादुर तामाङ कान्छाराम तामाङले रामेछाप देखि च्यास्कु हुँदै कोलन्जोर घाट सम्म पिच का लागि केही योजनाहरु परेर काम सुरु भइसकोको र वाँकी योजनाहरु आगामी आर्थिक वर्षमा पार्ने वताउनुभयो । उहाले शिक्षकहरुलाई भएको सेवा सुबिधाको कमी वारे आफुले सदनमा कुरा उठाउने भन्दै बिकास निर्माणका लागि रामेछापका सबै दल एक भएर लाग्ने बताउनुभयो । सो अबसरमा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले भुकम्प पछि ढिलै भएपनि भारतिय दुतावासले निर्माण गदिएको भवनमा बिद्यार्थीको आकर्षण गर्न गुणस्तरीय पठन पाठनका लागि अनुरोध गर्नुभयो । सो अबसरमा बोल्दै प्रदेश सांसद तारानारायण श्रेष्ठले शैक्षिक क्षेत्रको बिकासका लागि आफु लागिपर्ने बताउनुभयो । त्यसैगरी अर्का सांसद आनन्द श्रेष्ठले अब आम्रो शिक्षा क्षेत्रलाई प्राविधिक शिक्षा सँग जोड्न सके मात्र शैक्षिक बेरोजगार कम हुने बताउनुभयो ।

कार्यक्रमका अबसरमा उक्त बिद्यालयका प्रअ वालकुरमा थापाले बिद्यालयका गतिबिधिका वारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरे,छिमेकी बिद्यालयका प्रअ लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
भारत सरकारको सहयोगमा निर्मित दुइ वटा दुइ दुइ तले भवनमा ८ वटा कक्षा कोठा, १ ÷१ वटा विज्ञान प्रयोगशाला र आइ सि टि प्रायोगशाला कोठा, पुस्तकालय १ र इ सि डि का लागि १ कोठा रहेका छन् । त्यसैगरी छात्र,छात्रा,र अपाङ्ग मैत्रि शौचालय, २५ हजार लिटर रिजर्भ ट्यांकी, डेक्स बेन्च ९० जोर लगाएतका फर्निचरहरु रहेका छन ।
उक्त भवन श्याम सुन्दर मोतिदान जेभी ले ५ करोड, ८७ लाख ८९ हजार ४९ रुपैयामा निर्माण गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया