Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘रामेछापमा एक पालिका एक उद्योगग्राम’ : सांसद पौडेल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ असार २०७६, आईतवार
in प्रदेश नं ३, समाचार
0
53
SHARES
Share on FacebookShare on Twitter

२९ असार, २०७६

रामेछाप– ३ नं प्रदेश सांसद शान्ति प्रसाद पौडेलले रामेछाप जिल्लामा एक पालिका एक उद्योगग्राम अत्याबश्यक भएको बताउनुभएको छ  ।  आइतवार रामेछापको मन्थलीमा ३ नं प्रदेश स्तरीय घरेलु तथा साना उद्योग बिकास समितिले आयोजना गरेको प्रदेश सरकारको बार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित रामेछाप जिल्लामा उद्योगको संम्भावना र पहिचाहन सम्बन्धि छलफल कार्यक्रमका अबसरमा उहाले सो कुरा बताउनुभएको हो ।

उहाले अब स्थानीय तहले डोजर प्रयोग गरी बाटोघाटो निर्माणलाई जोड दिने भन्दा पनि एउटा पालिका मा कम्तीमा १ सय जनालाई रोजगारी दिन सक्ने किसिमको उद्योग सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाले स्थानीय तहमा पर्याप्त भ्रष्टाचार भएको कुरा प्रति इंकित गर्दै १ हजार २ सय को योजनामा २ सयको काम गरे १ हजार खाने प्रबृत्तिको बिकास हुन लागेकोले त्यस्तो नगर्न समेत स्थानीय तहका जन निर्बाचित प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, रामेछाप नगरपालिकाका  प्रमुख नर बहादुर थापा मगर, ले आ आफ्नो नगरपालिकाको संभब्यता अध्ययन गरी उद्योग ग्राम बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

सो अबसरमा लिखु तामाकोशी गाउपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का, गोकुल गंगा गाउपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले  बिद्यमान पालिकाको बजेट बाट मात्र उद्योग ग्राम बनाउन समस्या हुने भएपनि संघिय सरकार र प्रदेश सरकारले समेत बजेट बिनियोजन गरे उद्योग ग्राम बनाउन सकिने बताएका थिए । 

सो अबसरमा मन्थली नगरपालिका पशु सेवा फाँटका प्रमुख मुकुन्द खड्काले नगर क्षेत्र भित्रको पशु पालनको संम्भाब्यता बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाले कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाको वडा नं १, २,३,५,६,७ र ८ मा बाख्रा पालनको संभाब्यता रहेको, वडा नं ४,९,१०,११,१२,१३ र १४  मा गाँइ र भैसी पालन बिस्तार गर्न सकिने संम्भाब्यता रहेको र उल्लेखित वडाहरु मध्ये वडा नं १,२,७,१३,१४ मा थप बंगुर र कुखुरा पालन समेत गर्न सकिने  संम्भाब्यता रहेका बताउनुभयो ।

उहाले यति धेरै सम्भावब्यता भएको नगरपालिकामा पशु सेवाको क्षेत्रमा अन्यन्तै न्यून कर्मचारीहरु भएकोले एक वडा एक पशु प्राबिधिक नहुन्जेल सम्म पशु पालनको क्षेत्रमा प्रभाकारी ढंगबाट काम गर्न नसकिने बताउनुभयो ।

त्यसैगरी कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख दिनेश आचार्यले जिल्लाको कृषि उत्पादनको संम्भाब्यता का बारेमा कार्यपत्र प्रस्तुत गर्दै रामेछाप र दोलखा समेत कार्यक्षेत्र रहेका कृषि ज्ञान केन्द्रमा दरबन्दि अनुसार कर्मचारी नहुँदा काम गर्न कठिनाई भैरहेको बताउनु भयो । उहाले माटोको अबस्था र क्षेत्र अनुसार को कृषि  उपज उत्पादन गर्न सकिने हुँदा आफ्नो कार्यालयमा कृषि कार्यक्रमका लागि पर्याप्त बजेट नभएकाले जिल्लाका पालिकाहरुसँग समन्वय गरी कृषि का  थप कार्यक्रमहरु बनाउन सकिने बताउनुभयो ।

सो अबसरमा  घरेलु तथा साना उद्योग बिकास समिति  रामेछापका कार्यालय प्रमुख राजेन्द्र कुमार श्रेष्ठले रामेछाप जिल्लामा उद्योगको संभावना र पहिचाहन सम्बन्धी   कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  उहाले कार्य पत्र प्रस्तुत गर्दै जिल्लामा ढाका कपडा, अचार, क्यन्डी, तितौरा, अल्लो कपडा, हातेकाज, चिज, छुर्पी, जाम, जेली, जुस, सुगन्धित तेल, आलु चिप्स , वर्कसप, का  उद्योगहरु सञ्चालन गर्न सकिने र तरकारी तथा फलफुल संकलन केन्द्र  समेत स्थापना गर्न सकिने संभाब्यता रहेको बताउनुभयो ।

 सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी के सी, पाण्डेले  “उद्योग भनेको पैसा कमानउ गरिने ब्यवसाय हो जसले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्ने भएकोले सबै पालिकाहरुमा उद्योगको बिस्तार गर्न जरुरी रहेको बताउनुभयो । ”

कार्यक्रमका अबसरमा बोल्दै नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले हरेक गाउपालिकामा उद्योगक ग्राम स्थापना गर्ने हो भने स्थानीय स्तरमै रोजगारीको सृजना भई बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या घट्न सक्ने बताउनु भयो । जन निर्बाचित प्रतिनिधिहरुको इच्छा शक्ति हुने हो भने उद्योग ग्राम निर्माण गर्न कुनै समस्या नहुने नेता श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सभापति लबश्री न्यौपानेले कुन भुगोलमा के उत्पादन हुन्छ,  कहा –कहा, कस्ता खालका पशुपालनको संभवाना छ भन्ने कुराको अध्ययन पश्चात मात्र ति ठाँउहरुमा  कृषि उत्पादन र पशुपालन गर्ने हो भने कृषकहरुलाई असाध्यै फाइदा हुने बताउनुभयो । उहाँले जिल्लामा भएका कच्चा पदार्थहरुलाई उपयोग गरी सम्बन्धित कच्चा पदार्थका आधारमा पालिका स्तरमै उद्योग सञ्चालनमा ल्याउन सके   गाउका युवाहरुलाई रोजगारीको अबसर सृजना हुने बताउनुभयो ।

कार्यक्रममा दुबै नगरपालिकाका नगर प्रमुखहरु, गाउपालिकाका प्रमुख तथा उपप्रमुखहरु र अधिकांस पालिकाका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

Share21Tweet13Share4

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२९ असार २०७६, आईतवार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२९ असार २०७६, आईतवार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२९ असार २०७६, आईतवार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२९ असार २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२९ असार २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२९ असार २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.