Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमालेमा समानान्तर भन्ने शब्दावलीनै छैन– अध्यक्ष श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
८ बैशाख २०७८, बुधबार
in प्रदेश नं ३, राजनीति, समाचार
0
80
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ बैशाख । नेकपा एमाले रामेछापले आफ्नो पार्टिमा समानान्तर कमिटी भन्ने शब्दावलीनै नभएको जनाएको छ । एमाले रामेछापले बुधबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो ।
नेकपा एमाले माधब खनाल पक्षले केहि दिन देखि कानुन अनुसार आफुहरुनै मुख्य एमाले पार्टि भएको र जिल्ला तथा प्रदेस तहमा एमालेका नाममा समानान्तर कमिटि गठन गर्न लागेको जानकारी वाहिर ल्याईरहेको र विहिबार उसले आफनो पार्टिको केन्द्रिय नेतृ अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा पार्टिको प्रशिक्षण तथा कार्यकर्ताहरुको जिल्ला भेला गर्न लागेको बेला एमाले रामेछापले बुधबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा पार्टिको मुख्य एजेण्डा र पछिल्लो समयमा विकसित राजनितिक घटनाक्रमका बारेमा पार्टिको आधिकारीक धारणा सार्बजनिक गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पार्टि सचिव पुरुषोतम् कडरीयाले एमाले पार्टिको गुट फुट र समानान्तर कमिटि गठन आदीका बारेमा फैलाईएको भ्रमको पछि नलाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले मुलुकको परिबर्तनका खातिर आफनो रफतारमा हिडिरहेको एमाले पार्टिका नाममा कसैलाई पनि भ्रमको खेति नगर्न आग्रह गर्नुभयो । उहाँले दर्विलो र गर्विलो योजनाका साथ पार्टि संगठनमा अगाडि बढिरहेको नेकपा एमालेलाई कम्जोर पार्ने खेलमा कसैलाई नलाग्न पनि आग्रह गर्नु भयो । उहाँले भन्नुभयो नेकपा एमाले आफनो निति तथा कार्यदिशामा स्पष्ट छ ।
पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठले वजारमा हल्ला आएको जस्तो एमाले पार्टिमा कुनै पनि समानान्तर कमिटि र विचलन नआएको स्पष्ट पार्दे त्यस खालको भ्रमका पछि नलाग्न आफना नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । उहाँले नेकपा एमालेको केन्द्रीय र प्रदेश कमिटिले गरेका सबै निर्णयका आधारमा एमालेको जिल्ला या केन्द्रका नाममा कहिं र कतै पनि समानान्तर कमिटि पनि नभएको र हुन नसक्ने दावि पनि गर्नु भयो ।
बैशाख ९ गते माधब नेपाल पक्षले मन्थलीमा गर्न लागेको कार्यकर्ता भेलालाई लक्षित गर्दै एमाले अध्यक्ष आनन्द श्रेष्ठले त्यस खालको गतिविधिमा सहभागि नहुन पनि सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो । भेलामा सुर्य चिन्ह लिएर स्थानीय निर्बाचन जितेका कुनै नेता तथा कार्यकर्ताहरुलाई सहभागि नहुन निर्देशन दिनु भयो । पार्टीको निर्देशनलाई कोहि कसैले उलंघन गरे कार्वाहि हुने उहाँले बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा एमाले नेता एवं भूमि ब्यवस्था आयोगका तुल प्रसाद कडेल,एमाले नेता झम्क कडेल,गोपाल श्रेष्ठ र प्रकाश कार्र्की लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बैशाख ९ गते मन्थलीको तीन लाल पार्कमा एमालेले गर्न लागेको नेकपा एमालेको स्थापना दिवस तथा लेनिन जयन्ती कार्यक्रममा सहभागि हुनका लागि पनि आग्रह गरिएको थियो ।

Share32Tweet20Share6

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

८ बैशाख २०७८, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

८ बैशाख २०७८, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

८ बैशाख २०७८, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

८ बैशाख २०७८, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

८ बैशाख २०७८, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

८ बैशाख २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.