Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काकाकुल बेतिनीमा खानेपानी पुर्याउने अभियान

नेपाल अभियान नेपाल अभियान
२३ जेष्ठ २०७६, बिहीबार
in प्रदेश नं ३, समाचार
0
40
SHARES
Share on FacebookShare on Twitter

२३ जेठ, २०७५

रामेछाप- वर्षौ देखि खानेपानीको समस्या व्यहोर्दै आएका मन्थली नगरपालीका ६ बेतिनी, कुबिण्डे र आसपासको बस्तिमा खानेपानी पु¥याउनका लागि अभियान थालिएको छ । युगौ–युग देखि पिउँदै आएको गाउँका पानीका मुहान सुकेर बस्तिनै संकटमा परेपछि प्रदेश नं ३ सरकारको १८ लाख आर्थिक सहयोगमा बेतिनी, कुबिण्डे र आसपासका बस्तिहरुलाई लक्षित गरि खानेपानीको काम थालिएको हो ।

जतिसक्दो चाँडो गाउँमा पानी पु¥याएर सर्वसाधारणलाई प्रत्यक्ष रुपमा पानीको समस्या समाधान गराउने दिर्घकालिन योजना सहित त्यहाँका उत्साहित युवाहरुले सुनकोशि नदीको पानीलाई लिफ्ट प्रविधिबाट बेतिनीमा पु¥याउनका लागि नवुघाट बेतिनी लिफ्ट खानेपानी योजनाको नामबाट काम थालिएको उपभोक्ता समितिका अध्यक्ष राजकुमार बम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा खानेपानी ल्याउने अभियान अन्र्तगत पहिलो चरणमा नवुघाटको सुनकोशी किनारमा ईनार निर्माणको काम सम्पन्न गरि सकिएको छ ।

उपभोक्तारूको आवश्यकता र मागका आधारमा आरम्भ गरिएको खानेपानी योजना निर्माणका लागि प्रदेश सरकारसँग थप बजेट माग गरिएको र मन्त्रालयले पनि सकरात्मक जवाफ दिएकोले योजनालाई आगामी एक वर्ष भित्र सम्पन्न गर्ने योजाना सहित काम भईरहेको छ । अभियान अन्र्तगत दोस्रो चरणमा रिजर्भ ट्याँकी र जिआई पाईप जडानको कामलाई तदारुकता दिने योजना उपभोक्ता समितिले बनाएको छ ।

करिब ३ सय घरधुरी उपभोक्ता रहेको माथिल्लो बेतिनी र तल्लो बेतिनी आसपासको बस्तीमा वर्षौ अघि तामाकोशी सेवा समितिले खानेपानीको व्यवस्था गरिदिएको थियो । तर अहिले ती पानीका मुहान सुकेपछि त्यस क्षेत्रमा वर्षाै देखि खानेपानीको अभाव भएको थियो । जसका कारण त्यहाँका मानिसहरूले तत्कालिन समस्याको समाधानका लागि पानीको ट्याँकी र धारामा ताला लगाएर भागमा परेको पानी उपभोग गर्दे आएका थिए ।

आगामी एक वर्ष भित्र काम सक्ने गरि अभियान आरम्भ गरिएको उक्त योजनाका लगि प्रदेश सरकारले चालु आवको बजेटबाट १८ लाख रुपैयाँ उपलव्ध गराएको जानकारी ३ नं प्रदेशका अर्थ मन्त्रीका सल्लाहकार दिनेशराज सुवेदीले जानकारी दिनुभयो । जस अन्र्तगत आगामी वर्षको बजेटबाट सो कार्यलाई पुर्णता दिने कुरामा सरकारले बाँकी कामको  प्रयास गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । गाउँमा पानीकै कारण बसाई सर्नु पर्ने अवस्थामा पुगेका आफूहरूका लागि संचालित योजना बरदान सावित हुने स्थानीय बिमाई तामाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अबको एक वर्ष भनेको त्यती लामो समय हैन, । हामी पनि त्यहि खानेपानीको प्रतिक्षामा रहेका छौँ । युवाहरुले थालेको अभियानमा प्रदेश सरकारले पनि सहयोग गरेर हामीले वर्षौ देखि भोग्दै आएको समस्या समाधान गर्न लागेको छ । यो काम प्रशंसनिय छ ।’

Share16Tweet10Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२३ जेष्ठ २०७६, बिहीबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२३ जेष्ठ २०७६, बिहीबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२३ जेष्ठ २०७६, बिहीबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२३ जेष्ठ २०७६, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२३ जेष्ठ २०७६, बिहीबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२३ जेष्ठ २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.