Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हाम्रो कामबाट हामि सन्तुष्टि छौ ः नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
१६ मंसिर २०७८, बिहीबार
in प्रदेश नं ३, समाचार
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतले नगरको काम बाट आफुहरु संतुष्ट रहेको बताएका छन् । सो कुरा उनले विहबार मन्थली नगरपालिकाले आफ्नो आठौ स्थापना दिवसको अबसरमा बताएका हुन् । दिवसको अबसर पारेर नगर प्रमुख बस्नेतले नगरको नयाँ भबन र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण गरेर दिवसको उद्घटन् गरेका हुन् । नगर प्रमुख बस्नेतले नगरले गरेको हाल सम्मको प्र्रगति विबरण सार्वजनिक गर्नुका साथै योजना अनुरुपका बाँकी कामहरूको बारेमा समेत फेहरस्ती प्रस्तुत गरेका थिए । आफना वडाध्यक्ष,कार्यपालिकाका सदस्य,प्रजिअ नगरका राजनितक दलका प्रमुख र संचारकर्मिहरु समेतको उपस्थितिमा नगरप्रमुख रमेशकुमार बस्नेतले अहिले सम्म नगरको विकासमा आफुहरुले गरेको कामबाट आफु सन्तुष्ठ रहेको भन्दै त्यसका लागि सहयोग गर्ने वडाध्यक्ष,कार्यपालीकाका सदस्य,नगरपालीकाका कर्मचारी सबैलाई धन्यबाद दिए ।
कार्यक्रममा नगरपालिले आफना कर्मचारी तथा विविध विधामा उत्कृष्ठ काम गर्नै नागरिकहरूलाई समेत सम्मानित गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०७७ को नगर स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा सामुदायिक विद्यालयमा उत्कृष्ट हुने छात्र÷ छात्रा हरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको ।
त्यस्तै नगरपालिकाले नगरपालिका भित्रका सेवा निवृत्त कर्मचारी तथा शिक्षकहरुलाई सम्मान गरेको छ ।
त्यसैगरि नगरको सामाजिक आर्थिक विकास र समृद्धिमा विशिष्ट योगदान पुर्याउने संघ सस्थाहरु कर्कलादेवी अंग्रजी आवसीय विद्यालय मन्थली स्वास्थ्य संस्था तर्फ तामाकोशी अस्पताल वातावरण तथा सरसफाईका लागि खाँदवारी नयाँवस्ती टोल विकास समिति लगिाएतको संस्थालाई पनि सम्मानित गरेको छ ।
सो अबसरमा नगरले उत्कृष्ट कृषकहरूलाई पनि सम्मानित गरेको छ । अकवरे खुर्सानी र सुन्तला फलाए बापत म न पा १४ फुलासीका कृषक ज्ञानवहादुर लामा , मासु उत्पादन गर्ने कालीदेवी वाख्रापालनका टंकवहादुर खत्री र दुध उत्पादनका लागि तारा गाई फार्मकी तारा पौडेललाई सम्मानित गरेको छ ।

मन्थली नगरपालिका स्थापना दिवसको अवसरमा नगर प्रमुखद्धारा प्रस्तुत मन्तव्य
मन्थली नगरपालिकाको स्थापना दिवसमा आयोजित गरिमामय कार्यक्रममा उपस्थित मन्थली नगरपालिकाका उपप्रमुख प्रमुख जिल्ला अधिकारी राजनैतिक दलका प्रमुख एंव प्रतिनिधि वडाध्यक्ष नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायतले नगर दिवसको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको प्रस्तुतिका क्रममा नगर प्रमुख बस्नेतले विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को पहिलो र दोस्रो भेरियन्टको महामारीका कारण नगरको विकासमा बाधा पुगेको यस्तो असहज अवस्थामा समेत नगरले चालेका कदमहरुमा साथ सहयोग गर्नु हुने सम्पूर्ण राजनैतिक दल, विभिन्न संघ सस्था लगायत नगरवासी आमावुवा, दाजुभाई दिदीवहिनीहरुमा हार्दिक कृतज्ञता व्यक्त गरे ।
नगरको कार्य सम्पादन र महामारी नियन्त्रणमा आगामी दिनमा समेत यस्तै साथ, सहयोग, ऐक्यवद्धता र सकारात्मक सल्लाह सुझाव प्राप्त हुनेछ भन्ने विस्वास गर्दै कोभिड–१९ को कारण सिर्जित यस महामारीवाट सुरक्षित हुनका लागि आवश्यक सतर्कता अपनाउनदै जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालन गरी सामाजिक एवं आर्थिक गतिविधिहरुमा सहभागी हुन पनि उनले सबैलाई आग्रह गरे ।
. सो अवसरमा बस्नेतले २११.७७ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २०६८ सालको जनगणना अनुसार २४,६६६ महिला र २०,७५०पुरुष गरी जम्मा ४५,४१६ जनसख्या र जनघनत्व २१८.९७ रहेको छ । यो २०६८ सालको तथ्याङ्कमा वृद्धि भइ हाल २०७७ सालमा २७८३० महिला र २३४१२ पुरुप गरी जम्मा ५१,२४२ पुगेको प्रक्षेपण गरिएको जानकारी पनि उनले गराए । रणजोर खोलाको सिरमा रहेको घ्याप्चे पहिरोले वडा न ३ र ४ का अधिकांश वस्ती विस्थापित गर्नुका साथै सदरमुकामलाई समेत जोखिमयुक्त वनाएको भन्दै त्यसले नगरलाईनै तनाब दिएको बताए ।
पुरानागाँउको वाउन चुरामा रहेको वहिरा महादेव ( थानपति मन्दिर), चिसापानीको भिमसेन थान र चिसापानी गढी, कठजोरको निलकण्ठेश्वर र ऐराम्वास मन्दिर, सुनारपानीको थानपती मन्दिर, भलुवाजोरको तिल्केस्थानगढी, भटौलीको ढिकुरे मन्दिर नगरपालिकाको अमूल्य निधिका रुपमा रहेका भन्दै प्रमुख बस्नेतले त्यसको विकासको लागि पनि नगर क्रियाशिल रहेको बताए
उनले राजनैतिक तथा प्रशासनिक विभाजनका हिसावले यो नगरपालिका भित्र १४ वटा वडाहरु रहेको जानकारी गराउँदै १४ वटा वडा कार्यालय मार्फत नगर कार्यपालिकाको कार्यालयवाट आम नगरवासीलाई सेवा प्रदान गर्न पाउँदा आफुलाई खुसि लागेको पनि उनले बताए ।

उनले नगरका प्रमुख सडकहरुलाई स्तरोन्नती गरी कालोपत्र गर्दै जाने र सवै वडा कार्यालयहरुसम्म वाह्रै महिना यातायातका साधनहरु चल्ने गरी सडकको स्तरोन्नती, सुधार र मर्मत सम्भार कार्यलाई निरन्तरता दिदै आएको भन्दै यसको लागि आफु थप गरिम्भर रहेको पनि बनाए ।

निजी घरमा ८ वटा कोठा भाडामा लिइ सार्वजनिक सेवा प्रवाह गरी रहेको नगरपालिकाले प्रशासकीय भवन निर्माणको कार्य सम्पन्न गर्नुका साथै उक्त भवनवाट सार्वजनिक सेवा सरल, सहज र प्रभावकारी रुपमा सञ्चालन गर्दै आज भवनको औपचारिक उदघाटनको अवस्थामा आईपु्ग्नु सुखद भएको पनि उनले बताए ।
नगरपालिकाले आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरुमा सम्पत्ति करका अलवा अन्य आन्तरिक आयका मुल श्रोतहरु दहत्तर वहत्तर कर, घर नक्शा पास र अभिलेखीकरण, व्यवसाय दर्ता तथा नवीकरण, विभिन्न सिफारिस, धितो मूल्याङ्कन, आय श्रोत प्रमाणित जस्ता क्षेत्रहरु थप गरी सोको दायरामा समेत वृद्धि गरी आन्तरिक राजश्व संकलनमा उल्लखनीय वृद्धि भएको छ । अघिल्लो आ व २०७७÷०७८ मा १३९% र यस आ व को पहिलो चौमासिकमा ४८.०१ % राजश्व संकलन भएको व्यहोरा जानकारी पनि गराए गराए ।
दुध उत्पादन गर्ने गाई भैसी पालन गर्ने किसानहरुलाई प्रोत्साहित गर्न पशु वीमा अनुदान, भैसीमा सुत्केरी स्याहार प्रोत्साहन भत्ता दुध उत्पादन गरी विक्री वितरण गर्ने किसानहरुलाई प्रति लिटर रु २÷ अनुदान र सम्भव भएसम्म प्राविधिक सेवा गोठ खोरमा उपलव्ध गराइएको जस्ता कार्यक्रमबाट आफु उत्साहित भएको पनि उनले बताए । उनले भने म नगरको विकास प्रति ईमन्दार र प्रतिबद्ध छु ।

Share14Tweet9Share3

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१६ मंसिर २०७८, बिहीबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

१६ मंसिर २०७८, बिहीबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१६ मंसिर २०७८, बिहीबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१६ मंसिर २०७८, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१६ मंसिर २०७८, बिहीबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१६ मंसिर २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.