Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रदेश सरकारको योजना अनुगमनका लागि सांसदहरुको टोली जिल्ला भ्रमणमा

नेपाल अभियान नेपाल अभियान
२४ फाल्गुन २०७८, मंगलवार
in प्रदेश नं ३, राजनीति, समाचार
0
45
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२४ फागुन । प्रदेश सरकारले सञ्चालन गरेका विभिन्न योजनाको अनुगमन गर्न बागमतिका सासदहरु जिल्ला दौडाहामा निस्केका छन । सिन्धुली,रामेछाप र दोलखा जिल्लालाई लक्षित गरी अनुगमनमा निस्किएको टोलीले रामेछापका पनि विभिन्न सडक र खानेपानी आयोजनाको अनुगमन गरेको हो ।
सरकारले संचालन गरेका योजनाको अनुगमन गर्नका लागि अर्थ तयारी विकास समितिका सभापति नारायण सिलुवालको नेतृत्वमा रामेछाप आएको सांसदहरुको टोलीले सोमबार मन्थली नगरपालिका वडानं –७ को मुगिटार र मन्थलीको तामाकोशी पुलदेखि भटौलिखोला सडकको कामको बारेमा स्थलगत अनुगमन गरेको थियो । उक्त टोलीका सदस्यहरुमा प्रत्यायोजित विधायन अध्ययन उप समितिका सदस्य सांसद शान्ति प्रसाद पौडेल, सांसद शसिजंग थापा,सांसद शोभा शाक्य, सांसाद आसमायाँ तामाङ, रहेका छन् ।

सांसादहरुको टोलीले रामेछाप नगरपालिका वडा नं –८ र ९ का उपभोक्तालाई लक्षित गरि संचालनमा ल्याउन लागिएको कातिके भंगेरी खानेपानी लिफ्ट आयोजनाको अनुगमन गरेको छ । ६ सय २७ वटा घरका उपभोक्ताहरुलाई लाक्षित गरि सञ्चालनमा आउन लागेको उक्त आयोजनाको लागत १९ करोड ७० लाख रहेको र उक्त आयोजना आगामि बैशाखबाट संचालनमा आउने जानकारी उपभोक्ता समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठले जानकारी दिनुुभयो ।
मन्थली नगरपालिकाको वडा नं १३ र १४ का उपभोक्तालाई लक्षित गरी सञ्चालन गर्न लागिएको बृहत खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको थियो । कुल स्टमेट ३३ करोडको लागतमा निर्माण हुने उक्त आयोजना हाल छ करोड ५० लाख रुपैयाँको लागतमा काम भईरहेको छ । टोलीले प्रदेश सरकार बाट सञ्चालित आयोजनाहरु मध्ये केहि आयोजनाहरु मात्र अनुगमन गरेको टोलिका सदस्य सांसद शान्ति प्रसाद पौडेलले जानकारी दिनु भयो । यस अघि सिन्धुली जिल्लाका विभिन्न योजनाको अनुगमन गर्ने क्रममा दुधौली न पा का ९७ वटा घर र सोहि न पा ११ मा रहेको ४३ घरको नमूना बस्तिको पनि अनुगमन गरेको टोलिका संयोजक सांसद नारायण सिलुवालले जानकारी दिनुभयो । टोलीले बुधबार दोलखा जिल्लाका २ वटा बृहत सिंचाई आयोजनाको अनुगमन गर्ने कार्यक्रम तय गरेको छ ।
प्रदेशका आयोजना मध्ये बहुबर्षिय खालका र केहि नयाँ खालका आयोजनाहरुको छनौट पश्चात अनुगमन गरि देखिएको समस्या,त्यसको दीर्घकालिन प्रभाव र बजेट परिचालनको अबस्था र उठेका कुराहरुको बारेमा प्रतिबेदन तयारी गरी प्रदेश सरकारालाई प्रतिबेदन बुझाउने सांसद सिलुवालले जानकारी दिनुभयो ।
स्थलगत अनुगमनका क्रममा सञ्चालित आयोजनाहरुको कामको अनुगमन गर्न सरोकार कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा प्राविधिकहरु समेत संगै आयोजना स्थलमा पुगेका छन् । सो क्रममा अनुगमन गरिएका आयोजनाको अबस्था संन्तोषजनक रहेको पाईएको र केहि ठाउँमा अझै पनि बजेटको अभावमा समस्या भएको देखिएकोले त्यसबारेमा पनि जानकारी भएको सांसद शान्ति प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Share18Tweet11Share3

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२४ फाल्गुन २०७८, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२४ फाल्गुन २०७८, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२४ फाल्गुन २०७८, मंगलवार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२४ फाल्गुन २०७८, मंगलवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२४ फाल्गुन २०७८, मंगलवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२४ फाल्गुन २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.