Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षा स्वास्थ्य र रोजगार, न्यौपानेले ल्याए रामेछाप विकासको उपहार

नेपाल अभियान नेपाल अभियान
१७ बैशाख २०७९, शनिबार
in प्रदेश नं ३, राजनीति, समाचार
0
174
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेसका तर्फबाट रामेछाप नगरपालिकाका लागि प्रमुख पदका लागि उमेद्वार बनेका नेता लबश्री न्यौपानेले नगरको विकासको लागि ७० बुँदे प्रतिबद्धता पत्र ल्याएका छन् । नगरको दिर्घकालीन विकासकालागि खानेपानी, सडक ,गुणस्तरिय शिक्षा,स्वास्थ रोजगारी,कृषि तथा पर्यटनको विषयलाई मुख्य एजेण्डाको रुपमा न्यौपानेले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
जिम्मावारीका रुपमा नेपाली काँग्रेस रामेछापका पुर्व पार्टि सभापति ,महाधिबेसन प्रतिनिधी हुँदै नेपाल किसान संघका केन्द्रिय महासचिबको समेत जिम्मेवारी सकुशल पु्रागरि सकेका न्यौपानेले जिल्लामा साधगि नेताको रुपमा आफनो पहिचान बनाएका छन् । उनले आफनो कार्यकालमा सदरमुकाम मन्थलीमा करिब ३ करोडको लागतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आफनै भबन समेत निर्माण गरिदिएका छन् । सादा जीवन उच्च विचार र नैतिकवान नेताको रुपमा परिचित नेता न्यौपानेले पटक पटक जेल जीवन समेत विताएका छन्
परिवर्तनमै समाहित भएबापत उनका पीता पंण्डित राम प्रसाद न्यौपाने,पद्म शंकर अधिकारी,पंडित टंक नाथ पौडेल, लगायका अग्रजहरुले जयतु संस्कृतं आन्दोलनमा लागेवापत तत्कालीन राणा शासकले टाउकामा चारपाटा हानेर देश निकाला हुनु परेको थियो । कठिन परिस्थीतिमा पनि परिबर्तन र प्रजातान्त्रीक आन्दोलनलाई आफनो प्राण बायु जस्तै बनाएर निरन्तर राजनितिक यात्रामा लाग्दै आएका न्यौपानेको योगदानलाई यस पटक नगरवासीले पनि मुख्याँकन गर्नै बेला आएको जानकार हरुले बताएका छन् ।
न्यौपाने आफुले निर्वाचन जितेमा आगामी ५ बर्ष भित्र प्रत्यक नगरवासीका घर घरमा खानेपानीको धारा पु््रयाउने कुरालाई पनि उनले मुख्य एजेण्डा बनाएका छन् ।
उनले त्यसका लागि स्थानिय स्तरमा संभावित खानेपानीका मुहानको पहिचान गरि मुहान नभएका ठाउँहरुमा सुनकोशी तथा लिख्ु नदिको पानिलाई लिफटको माध्यमबाट घर घरमा पुर्याएर काकाकाुल नगरबासिहरुलाई स्वच्छ खानेपानीको समस्यालाई समाधान गर्नको लागि स्थानिय स्तरको अलाबा प्रदेश र संघिय सरकार संगको सम्बन्धलाई थप कसिलो बनाउँदै लंजाने र त्यसको दिर्घकालीन समस्या समाधान गर्न ब्यवस्था मिलाईने पनि उनले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । शिक्षाको विकास विना अन्य कुनै पनि विकास दिर्घजीवी नहुने भएकोले शिक्षाको विकाशका लागि थप प्रकृया अघि बढाईने पनि उनले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यसका लागि उनले गुणस्तरिय र प्राविधिक शिक्षाको विकासलाई जोडदिदै बेरोजगारी समस्या समाधानको विषयलाई पनि उनले प्रतिबद्धता पत्रमा जोड दिएका छन् । त्यसका लागि बेरोजगार युवाहरुको छुट्टै तथ्याँक संकलन गरि उनिहरुको क्षमता विकास र विभिन्न सिपमुलक तालिम संचालन गरि कृषि उत्पादनलाई जोडदिने र तालीम प्राप्तहरुलाई नगरपालीका मार्फत सर्बसुलभ रुपमा क्रण दिने ब्यवस्थालाई पनि कार्यान्वयन गरिने छ ।
त्यस बाहेक उनले आफनो प्रतिबद्धता पत्रमा सबै वडाहरुलाई नगरमुकाम र सदरमुकाम जोड्ने बाटाहरुको स्तरोन्नोती गरि आबश्यक्ताका आधारमा बाह्रै महिना सहज रुपमा यातायातको साधन चल्न सक्ने ब्यवस्था मिलाईने कुरा पनि उल्लोख गरेका छन् । यसैगरि नगरपालीकाका सबै खाले गौरबका योजनाहरुलाईै निरन्तरता दिंदै,नगरपालीका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाइ पनि प्रमुखताका आधारमा संरक्षण गर्दे अगाडि बढिने निति अबलम्बन गरिने कुरालाई पनि न्यौपानेले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । जसको विस्तृत विवरण तल उल्लेख गरिएको छ ।

Share70Tweet44Share12

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१७ बैशाख २०७९, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१७ बैशाख २०७९, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१७ बैशाख २०७९, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१७ बैशाख २०७९, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१७ बैशाख २०७९, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१७ बैशाख २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.