Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

श्रेणी बिहिन कर्मचारीको मातहतमा शिक्षकहरू खटाएको भन्दै पेशागत संस्थाहरुको आपत्ति

नेपाल अभियान नेपाल अभियान
२२ बैशाख २०७९, बिहीबार
in प्रदेश नं ३, समाचार
0
226
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ।यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनप्रति रामेछापमा क्रियाशिल शिक्षकका पेशागत संस्थाहरुले आपत्ति जनाएका छन् ।

कर्मचारी व्यवस्थापनमा शिक्षकहरुको मान सम्मान आँच पुग्ने गरी जिम्मेवारी तोकिएकोमा असहमती जाहेर

गर्दै उनिहरूले जिल्ला निर्वाचन कार्यालय मन्थली रामेछापमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले निर्वाचन प्रयोजनका लागि खटाएका कर्मचारीहरूमा प्रावि दृतिय तहका शिक्षकहरूलाई १४ वटा मतदान केन्द्रमा श्रेणी बिहिन कर्मचारीहरूको मातहतमा रहने गरि सहायक कर्मचारीको रुपमा खटाएको कारण शिक्षहरूले आफ्नो मानमर्दन भएको भन्दै आफ्ना संगठनहरू समक्ष गुनासो राखेका थिए । सोहि आधारमा जिल्ला स्थित बिभिन्न पेशागत शिक्षक संघ संगठनका प्रमुख तथा प।रतिनिधिहरूको बैठक बसि निर्वाचन कार्यालयको उक्त निर्णय बिरुद्ध ध्यानाकर्षणपत्र बुझाईएको हो ।

उक्त पत्रमा  शिक्षकहरुको तहगत र श्रेणीगत स्तरलाई वेवास्ता गरी तोकिएको जिम्मेवारीले शिक्षकहरुको स्वाभिमान गिराएको शिक्षक संघ संगठनहरू ठहर छ  । यसरी हठात् मनोवल गिराउने कार्यले आम शिक्षकहरू चिन्तित रहेको पत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्र बुझाउदै शिक्षक संघ संगठनहरूले कर्मचारी व्यवस्थापनमा शिक्षकको मान सम्मानमा आँच नपुग्ने गरी व्यवस्थापन गर्नका लागि समेत माग गरेका छन् ।माग पुरा नभएको खण्डमा शिक्षकहरु तोकिएको कार्य क्षेत्रमा गई कार्य सम्पादन गर्न वाध्य नहुने समेत पत्रमा लेखिएको छ । पत्रमा भनिएको छ यदि निर्वाचन कार्यालयले शिक्षकहरूको संघसंठनले गरेको माग पुरा नगरे  यसवाट पर्न सक्ने असरप्रति सम्वन्धितनिकाय नै पूर्ण जिम्मेवार रहने छ ।

ध्याकर्षण पत्रमा केन्द्रीय सदस्य एवं वागमती प्रदेश ने. रा शि संगठन ,अध्यक्ष नीर वहादुर कार्की,  केन्द्रीय सदस्य एवं एकिकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप अध्यक्ष सोम प्रसाद भट्टराई, अर्थ महासचिव वागमती प्रदेश ने. शि.संघकी कमला थापा, ने शि. महासंघ रामेछापका सचिव  रामकृष्ण श्रेष्ठ,  ने. रा शि संगठन रामेछापका अध्यक्ष केशर वहादुर श्रेष्ठ, नेपाल शिक्षक संघ रामेछापका का. वा. अध्यक्ष प्रविणा पौडेल लगायतले हस्ताक्षर गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले कर्मचारी व्यवस्थापनको सन्दर्भमा कमजोरी भएको भन्दै त्यसलाई सच्याएर कार्यालय अगाडी बढ्न तयार रहेको बताए । उनले भने- हामी सबैले काम गर्दा जिम्मेवारपूर्ण तरिकाले काम गर्न पर्ने हो । हाम्रा संयन्त्रहरूको गैरजिम्मेवारीपनका कारण यो अवस्था आएको हो । तसर्थ यसलाई हामीले सच्याउने निर्णय गरिसकेका छौँ ।

Share90Tweet57Share16

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२२ बैशाख २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२२ बैशाख २०७९, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२२ बैशाख २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२२ बैशाख २०७९, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२२ बैशाख २०७९, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२२ बैशाख २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.