रामेछाप । रामेछाप ट्राफिक प्रहरीले नियम बिपरित कार्य गर्ने सवारीसाधनहरुलाई कार्बाहि गरी असोज महिनाको दश दिनमा ३ लाख ७४ हजार ५ सय रुपैया रकम संकलन गरेको छ ।
असोज १ गते देखि सुरु भएको लामो तथा छोटो दुरीमा सञ्चालन भएका ३ सय ८७ वटा सवारी साधनहरुलाई कार्बाहि गर्दा उक्त रकम संकलन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।
आफुहरुले छड्के रुपमा बेला बेलामा बिभिन्न ठाउमा गई सो राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो । कार्बाहि पर्नेमा भाडा बढि लिने र मापदण्ड भन्दा धेरै यात्रीहरु राखेर सञ्चालन गर्ने यातायातका साधनहरु नै बढि रहेको पनि उहाले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले १० गते शनिबार मात्र नियम बिपरित सञ्चान भएका ४३ वटा सवारी साधनलाई कार्वाहि गरी ४४ हजार राजस्व संकलन गरेको थियो । यो अबधिमा ट्राफिक प्रहरीले नियम बिपरित सञ्चालन भएका सवारी साधनहरुलई १ हजार देखि ३ हजार सम्म जरिवाना लिएको छ । सरकाले यहि असोज १ गतेदेखि लामो दुरीका सबारी साधनहरु साबिकको भाडा दरमा ५० प्रतिशत सम्म बढि भाडा लिएर जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्ने गरी सञ्चालन गर्न अनुमति दिएको छ ।
कोभिड –१९ का कारण बिगत चैत्र महिना देखि लामो र छोटो दुरीका यात्रुवाहक सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया