रामेछाप २८ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आठ महिनाको अवधिमा १ करोड ८ लाख ३८ हजार ५ सय रुपैया राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन २८ गते सम्म कार्वाहिमा परेका यातयातका साधन बाट उक्त राजस्व संकललन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।
जसमा लाइसेन्स नभएको, ब्लुबुक नभएको, क्षमता भन्दा बढी यात्रु तथा मालसामान ढुवानी गरेको तथा तीब्र गतिमा सावरी साधन चलाएको एबं नियम विपरित सावरी साधन चलाएउने १० हजार ९ सय ९० वटा सावरी साधनको कारवाहि बाट उक्त रकम संकलन गरिएको पनि पाण्डेले जानकारी दिनुभएको छ ।
कतिपय चालक हरूले जानीजानी हेलचेक्र्याई गरी सवारी चलाउँदा दुर्घटना हुने गरेको तथ्य का आधारमा ट्राफिक ब्यवस्थापनलाई समय अनुसार ब्यवस्थित बनाएर उनिहरुलाई थप जिम्मेवार बनाउनका लागि ट्राफिकले आफ्नो कामलाई निरन्तरत दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज ढुंगानाले बताउनु भयो ।
समय समयमा सवारी चालकहरूबाट हुने गल्ति तथा कमजोरी हटाउँदै सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्यले ट्राफिक प्रहरीले कार्वाहिको प्रकृयालाई निरन्तरता दिदै जाँदा उल्लेख्य रुपमा राजस्व संकलन भएको डिएसपी ढुंगानाले जानकारी दिनु भयो । उहाले यसका लागि आफुले जिल्ल्लाका सबै ठाउँमा अभियानकै रुपमा चेक जाँचको प्रकुयालाई अगाडी बढाईरहेको पनि बताउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया