Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

नेपाल अभियान नेपाल अभियान
४ चैत्र २०७९, शनिबार
in राजनीति, शिक्षा, समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,४ चैत्र । रामेछाप जिल्लाको सदरमुकाम रहेको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा यहि चैत्र ५ गते हुन लागेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनमा अबिनाश कार्की र पुस्कर भट्टराइको प्यानल विच प्रतिस्पर्धा हुने भएको छ ।
दुबै प्यानल बिच हुने प्रतिस्पर्धामा आफुहरु निर्वाचित हुने कुरामा दुबै उमेद्वारहरु बिस्वस्थ रहेका छन् । दुबै समुहले चुनाव जित्न प्रचार प्रसार अभियानलाई तिव्र बनाएको भएपनि शनिवार साझ बाट मौन अबधि सुरु हुँदै छ भने भोलि बिहान ८ बजे बाट मतदान हुने तयारी भैरहेको क्याम्पस प्रमुख भरत कुमार श्रेष्ठ ले बताउनुभयो । दुबै समुह बिद्यार्थीहरुलाई आ –आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन ।
नेपाली काग्रेसको भातृ संस्था नेविसंघ, माओवादी केन्द्रको भातृ संस्था अखिल (क्रान्तिकारी) र नेकपा एसको भातृ संस्था अनेरास्ववियु गरी ३ बटा बिद्यार्थी संगठनहरु मिलेर अबिनाश कार्कीको नेतृत्वमा बनेको प्यानल र नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू बाट पुश्कर भट्टराईको नेतृत्वमा भएको अर्को प्यानल विच प्रतिस्पार्धा हुने देखिएको हो ।
शुक्रवार साझ देखि घर घर र बजार क्षेत्रमा रहेका बिद्यार्थीहरुको पहिचाहन गरी दुवै समुह मत माग्दै हिडिरहेका थिए । आज साझ ५ बजे बाट मौन अबधि सुरु भएपछि भने सामुहिक रुपमा भोट माग्न नपाइने निर्वाचन आचार संहितामा उल्लेख छ ।

मेरो प्यानलको जित सुनिश्चित छ– कार्की (गठबन्धनका सभापति पदका उमेद्वार)
तीन बिद्यार्थी संगठनको तर्फबाट स्ववियू सभापतिका साझा उमेद्वार बनेका अबिनाश कार्कीले आफ्नो जित सुनिश्चित हुने बताएका छन् ।
आफु क्याम्पसको निमियत बिद्यार्थी भएको र आफुले बिद्यार्थीहरुको सुख दुःखमा साथ दिएर उनीहरुको समस्यामा हातेमालो गरेको कारण, आफुसबै बिद्यार्थीहरु बिच लोकप्रिय भएको र शिक्षक विद्यार्थीमा हुनुपर्ने सुमधुर सम्बन्ध राख्ने आफ्नो आफ्नो स्वभाव भएकोले आफ्नो जित सुनिश्चित भएको उनले बताएका हुन् । क्याम्पसको सबै कुराहरु आफुलाई थाहा भएको र क्याम्पसले आयोजना गरेका हरेक किसिमका अतिरिक्त कृयाकलापहरुमा आफु सकृय सहभागि हुने गरेको र आफ्नो प्यानल निर्वाचित भएपछि बिद्यार्थीहरुको हक हितका लागि सधै लडिरहने योजना आफु सँग भएकोले पनि आफ्नो प्यानलको जित सुनिश्चित भएको कार्की बताउछन् । उनी मानविकी संकायमा वि ए दोस्रो वर्षमा अध्ययनरत छात्र हुन् ।

म निर्वाचित हुने कुरामा ढुक्क छु –भट्टराई (अनेरास्ववियू का सभापति पदका उमेद्वार)
अनेरास्ववियूको तर्फबाट सभापति पदको उमेद्वार बनेका पुश्कर भट्टराई पनि आफु निर्वाचित हुनेमा ढुंक्क छन् ।
आफ्नो समुहको घोषणा पत्रका एजेन्डाहरु दरो भएको, लामो समय देखि आफु यस क्यामसमा अध्ययनरत बिद्यार्थी भएको र धेरै बिद्यार्थीहरुले आफुलाई मन पराउने भएकाले पनि आफुले चुनवा जित्नेमा ढुक्क रहेको उनी बताउछन् । उनी भन्छन् मैले धेरै बिद्यार्थी हरु चिनेको छु र म विद्यार्थीहरुको माझमा लोकप्रीय पनि छु, विद्यार्थीहरुको समस्या बुझ्ने मेरो क्षमता छ त्यहि भएर म चुनाव जित्छु । तर उनी यस अघि भएको स्ववियू निर्वाचनमा नेविसंघका विमल पौडेल सँग सचिव पदमा पराजित भएका थिए ।
दुवै बिद्यार्थी नेताहरुले आफु स्वच्छ छविको विद्यार्थी भनेर दावि गरिरहेका छन तर अविनाश क्याम्पसको नियमित बिद्यार्थी भएकोले शिक्षक र बिद्यार्थी सँग घुलमिल गर्न सक्ने क्षमता भएको र कोहि कसैलाई हानि हुने काम नगरेको बिद्यार्थी हरु बताउछन । यता पुश्कर भट्टराई भने मन्थली नगरको युवा परिषदको नेतृत्वदायि भुमिका निर्वाह गरेकै बेलामा बेला मन्थली नगरपालिकाको तलवी कर्मचारी भएर नगर प्रमुखको स्वकिय सचिब को भूमिकामा रहेको, मात्र नगरपालिकामा राजिनामा दिएर स्ववियू निर्वाचनमा भाग लिन आएको आरोप बिद्यार्थीहरुले लगाएका छन । अनेरास्ववियू जिल्ला कमिटिको सचिब समेत रहेका भट्टराइलाई जुन अबसर पनि आफैले लिने गरेको आरोप उनकै विद्यार्थी संगठनका सदस्यहरुले लगाएका छन् ।
स्ववियू निर्वाचनमा प्रयोग हुने प्रत्यक्ष र समानुपातिक तर्फको नमूना मत पत्र

स्ववियूमा ८ जना प्रत्यक्ष र १० जना समानुपातिक गरी कुल १८ जना सदस्यहरु निर्वाचित हुनुपर्ने प्राबधान छ । प्रत्यक्ष र समानुपातिक तर्फको फरक फरक मत पत्रमा प्रत्यक्ष तर्फ ८ जनालाई मतदान गर्नु पर्ने छ भने समानुपातिकमा सम्बन्धित संगठन लाई मतदान गर्नु पर्ने प्राबधान रहेको छ । सोहि अनुसार दुबै संगठनले प्रत्यक्ष तर्फका ८ जनालाई चुनावी मैदानमा उतारेका छन भने समानुपातिकबाट निर्वाचित हुने १० जनाको बन्द सूचि यस अघि नै निर्वाचन समितिमा पेश गरिसकेका छन् ।
Share22Tweet14Share4

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

४ चैत्र २०७९, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ चैत्र २०७९, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ चैत्र २०७९, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

४ चैत्र २०७९, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

४ चैत्र २०७९, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

४ चैत्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero