
रामेछाप,६ चैत । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापति लगाएत सचिब वाहेकका सबै पदमहरु मा तीन बिद्यार्थी संगठनको तर्फबाट साझा उमेद्वार वनेका नेविसंघका अविनास कार्की को नेतृत्वमा रहेको प्यानल विजयी भएपछि त्यसको खुसीयालीमा विद्यार्थीहरुले विजय रयाली निकालेका छन् ।
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस चोक बाट निस्किएको रयालीले मन्थली वजारका विभिन्न भागहरु परिक्रमा गरी विपी चोकमा पुगेर कोष सभा समेत गरेको थियो ।
काकीले अनेरास्ववियूका पुश्कर कुमार भट्टराईलाई ६३ मतान्तरले पछि पारेर बिजयी भएका थिए । कुल खसेको ५१४ मत मध्ये कार्कीले २८६ मत प्राप्त गर्दा भट्टराई ले २२३ मत प्रप्त गरेका थिए ।
भने कोषाध्यक्ष पदका दुबै तर्फका उमेद्वारहरु क्रमश कविता खरेल र विनिता श्रेष्ठले २५१÷२५१ (वरावरी) मत प्राप्त गरेपछि आधा आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ ।
सचिब पदमा भने अनेरास्ववियू का सुशिल थापा २६० मत ल्याएर बिजयी भएका छन् । उनले गठबन्धन तर्फका उमेद्वार तेज बहादुर श्रेष्ठ लाई १६ मतको अन्तरले पराजित गरेका हुन् । श्रेष्ठ ले २४४ मत प्राप्त गरेका थिए
उता त्यसैगरी सदस्यहरुमा गठबन्धनको तर्फबाट उमेद्वार वनेका बिनोद कुमार माझी ले सबै भन्दा बढि २९७ मत ल्याएर विजयी भएका थिए भने भने बिनिता माझीले २८१,युवराज बुढाथोकीलो २८१,मनिषा काफ्ले २७६ र अनोज भुजेलले २६७ मत ल्याएर बिजयी भएका हुन् । यसैगरी अनेरास्ववियुका सदस्य पदका उमेद्वारहरु सुदिप कार्कीले २३४,रबिना श्रेष्ठले २१३ मत,अनिल श्रेष्ठले २२२ मत अनिषा घिमिरेले १९९ मत सोमहरी घिमिरे ले २१८ मत प्राप्त गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया