मन्थली,९ कार्तिक । बिद्यालयमा दिगो विकास प्राप्तिका लागि भए गरेका क्रियाकलापहरुको लेखाजोखा तथा स्थानीय तहमा शिक्षाको राष्ट्रिय कार्यढाँचाको बिषयमा दुई दिने अन्तरकृया कार्यक्रम मन्थलीमा शुक्रवार सम्पन्न भएको छ ।
शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रालय अन्तर्गत रहेको युनेस्को निमित्त राष्ट्रिय आयोगको सचिबालय काठमाण्डौको आयोजना र शिक्षा विकास तथा समन्वय इकाई रामेछापको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत दिपक भण्डारी मन्थली नगरपालिकाका महाशाखा प्रमुख एबं सूचना अधिकारी हेमन्त बुढाथोकी लगाएतले दिगो विकासका लक्षहरु अन्तर्गत मन्त्रालयले लिएको नीति र त्यसको मध्यावधि मुल्याङ्ककनका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न बिद्यालयका विद्यार्थीहरु, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापकहरु लगाएत २२ जनाको सहभागित रहेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया