मन्थली, ९ कार्तिक । आफ्नो विद्यालयको शैक्षिक क्षेत्रलाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन रामेछाको लिखु तामाकोशी गाँउपालिका वडा नं –६ मा रहेको श्री तामाकोशी जनजागृति मावि खिम्तीले यहि कार्तिक २ गते देखि ९ गते सम्म बिद्यालय प्रङ्गडमा लगाएको श्रीमद्भावगत महापुराण (सप्ताह ) पौने १ करोड संकलन भएको छ ।
स्थानीय मधुकर खड्काले दिनुभएको जानकारी अनुसार सप्ताह बाट शुक्रवार अन्तिम दिन सम्ममा कुल ७३ लाख सात हजार नौ सय अन्ठाउन्न रुपैया दान संकलन भएको हो ।
जिल्लाका अधिकांस सामुदायिक विद्यलयहरु बन्द रहेको यस बेलामा यस विद्यालयले आध्यात्मिक माध्यमबाट शिक्षक, विद्यार्थी र अभिभावकहरु, शिक्षाप्रेमी सबैको समुन्नति सदाचार र सद्भाव एबं दिवंङ्गत विद्यार्थीहरुको मोक्ष प्राप्ति को लागि महापुराण लगाएको वताइएको छ ।
आफ्नो विद्यालयलाई नमूना बिद्यालय बनाउन, जग्गा गरिद गरी थप भौतिक संरचना निर्माण गर्न र विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई बिशेष छात्रबृत्ति दिई पढाउनका लागि अक्षय कोष खडा गर्न विदाको समय पारेर बिद्यालयमा श्रीमद्भावगत महापुराण लगाइएको श्री मद्भागवत महापुराण मूल आयोजक समितिका संयोजक शिब न्योपानेले बताउनुभयो । उहाले यसरी उठेको रकमलाई सहि सदुपयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया