मन्थली,२६ चैत । मन्थली माध्यामिक बिद्यालयमा सोमबार भएको निर्वाचनमा अधिकांस गठबन्धनको तर्फवाट उमेद्वार बनेका सदस्यहरु विजयी भएका छन् ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र को साझा गठबन्धनको तर्फबाट उमेद्वार बनेका डल्ले माझी (राजकुमार) (३६६), गणेश माझी (३७२) र उर्मिला भुजेल (३५३) विजयी बनेका हुन भने एमालेको तर्फबाट उमेद्वार वनेकी विमला माझी (३७५) मात्र विजयी भएकी छिन् ।
खुल्ला तर्फ दुई पुरुष माझी विजयी भएका हुन भने महिला तर्फ भुजेल र माझी विजयी भएका हुन् । खुल्ला तर्फका निकट्तम प्रतिद्वन्दि सुनिल कार्की ले ३५४ मत प्राप्त गरेका थिए भने यम बहादुर बुढाथोकीले ३१४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी महिला तर्फ माझी र भुजेलका निकटतम प्रतिद्वन्दी कविता काफ्ले ले ३५१ मत र शिवकुमारी श्रेष्ठले ३१२ मत प्राप्त गरेकी थिइन । निर्वाचित ४ सदस्य सहित पदेन प्रतिनिधि हुने विद्यालयका प्रधानाध्यापक, र वडा अध्यक्ष सहित ६ जनाको बैठक वसेर थव सदस्यहरु मनोनित गर्ने र त्यस पछि को सदस्यहरु मध्येबाट अध्यक्ष चुन्ने ब्यवस्था शिक्षा नियमावलीमा गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया