१२ बैशाख, २०७६
रामेछाप– जिल्लाको शैक्षिक विकासमा पहिचान बनाएको मन्थली क्याम्पलाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । बिहिबार मन्थली माविको मिडिया हलमा क्यायम्पस प्रशासनले आयोजना गरेको सरोकारवालाहरु सँगको वृहत छलफल कार्यक्रममा सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन ।

कार्यक्रममा बोल्दै पुर्व क्याम्पस प्रमुख टंकप्रसाद दाहालले मन्थली क्याम्पसको शैक्षिक विकासमा अहिले सम्म सहयोग पु¥यउने सबैलाई धन्यबाद दिँदै आगमी दिनमा क्याम्पसले चाल्न लागेको सबै खालको क्रियाकलाप प्रति पनि सहयोग पुग्ने अपेक्षा गर्नुभययो । क्याम्पसको शैक्षिक तथा भौतिक सुधारको क्षेत्रमा उल्लेख्य रुपमा क्याम्पस प्रशासनले काम गरीरहेको भन्दै गरेका सबै खालका कामहरुलाई स्थलगत रुपमै निरिक्षण गरी थप गर्नु पर्ने राय सल्लाह दिन पनि दाहालले अभिभावक र आम सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

लामो समय देखि क्याम्पसले परिवर्तनका लागि खेलेको भूमिका र त्यसका अगुवाहरुले पु¥याएको योगदानहरुको चर्चा गर्दै अर्का पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले शिक्षाको विकल्प शिक्षा नै रहेको भन्दै शिक्षालाई गहिरिएर बुझ्न र सकारत्माक तरिकाले व्याख्य गर्न सक्ने व्यक्ति मन्थली क्याम्पसले उत्पादन गरिरहेको र आगमी दिनमा यसको दायरलाई अझ फराकिलो बनाउनको खातिर पनि जिल्लाका मुख्य सरोकारवालाहरुले सहयोग गर्नु पर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा बोल्दै नेकपा रामेछापका अध्यक्ष मदन कुमार तामाङले गुणस्तरिय शिक्षाले मात्र मुलुकमा परिवर्तन संभव भएको भन्दै बैज्ञानिक र व्यवहारिक शिक्षा नीतिमा जोड दिनका लागि मन्थली क्याम्पसलाई आग्रह गर्नुभयो । उहाँले मन्थली क्याम्पसलाई शैक्षिक हवको रुपमा विकास गर्न आफ्नो पार्टी लागी पर्ने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले मन्थली क्याम्पसलाई देशकै नमूना क्याम्पसको रुपमा विकास गर्न सकिने भन्दै त्यसका लागि आफ्नो पार्टीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जस्तो सुकै सहयोग गर्न पछि नपर्ने भनाई व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख व्यवस्थान समितिका अध्यक्ष रामचन्द्र बियोगिको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ऋषि कुमार कार्कीले स्वागत मन्तब्य व्यक्त गर्दै क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि आफूले सबै क्षेत्रसँग मिलेर अगाडी बढ्ने बताउनुभयो ।











यो बारेमा तपाईको प्रतिकृया