Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विद्यालय भवनको गुणस्तरमा ट्रान्सपरेन्सीको अभियान

बद्री नयाँघरे बद्री नयाँघरे
३० मंसिर २०७७, मंगलवार
in शिक्षा, समाचार
0
51
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० मंङ्सिर । २०७२ सालको विनासकारी भुकम्प पछि लाभग्राहीहरुको पुनः निर्माणको गुणस्तरका लागि रामेछाप जिल्लामा अभियान चलाउँदै आएको ट्रान्सपरेन्सी ईन्टरनेसनलले विद्यालय भवनको दीर्घजीवन र गुणस्तरलाई पनि आफ्नो अभियानमा जोड्दै आएको छ ।
पाँच वर्ष अघि गएको विनासकारी भुकम्पमा ठूलो मात्रामा जन धनको क्षति भएपछि पुननिर्माणको पारदर्शितामा जुटेको ट्रान्सपरेन्सीले मंगलबार मन्थली नगरपालीका भित्र निर्माणाधिन विभिन्न विद्यालयका भवन निर्माणको अबस्था र गुणस्तरताको वारेमा मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न दातृहरुको सहयोगमा निर्माणको क्रममा रहेका नगर भित्रका विद्यालयको निर्माणमा गुणस्तरीयता कायम गर्न सके तीनिहरुको आयू दीर्घजीवि हुँने र त्यसबाट विद्यालयको पठन पाठनमा समेत सहज हुने हुँदा ट्रान्सपरेन्सीले आफ्नो अभियानलाई भुकम्प प्रभावित १४ वटै जिल्लामा संचालन गर्दे आएको ट्रान्सपरेन्सी रामेछापका जिल्ला संयोजक दिपक केसीले जानकारी दिनुभयो ।
अभिभावक र विद्यालय विच विद्यालयको भवनमा अपनत्व स्थापित गराउँदेै भवन निर्माणको अवस्थाका वारेमा सरोकारवालाहरुलाई जानकारी समेत गराउने उदेश्यले मंगलबार गरिएको अन्तक्रिया कार्यक्रममा नगरभित्रका ८ वटा विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले भवन निर्माणको अवस्थाका वारेमा जानकारी गराएका थिए ।

नेपाल सरकार सँगको सहकार्यमा पुनः निर्माणको चरणमा रहेका विद्यालय भवनहरु दीगो र भरपर्दो वनुन भन्ने मुख्य उ्देश्यका साथ टिआई नेपालले गरेको कार्यक्रमका अवसरमा बोल्दै मन्थली नगर शिक्षा शाखाका प्रमुख हेमन्त बुढाथोकीले भवनको गुणस्तर विद्यालयको मुख्य आधार रहेको भन्ने मान्यताका साथ पुनः निर्माणको कार्यको गुणस्तरका लागि नगरपालिका पनि लागि रहेको वताउनुभयो । उहाँले भन्नुभयो– “मुलुक संघियतामा गए संगै शैक्षिक तथा भौतिक सुधारको जिम्मेवारी पनि नगरमानै आएकोले भुकम्पपछि वनेका र वन्ने क्रममा रहेका सवै विद्यालयका भवन सँंगै शिक्षाको गुणस्तरीय सुधारका लागिपनि नगरपालिकाले आफ्ना कर्महरु अगाडि बढाई रहेको छ ।”
कार्यक्रममा जिल्ला आयोजना कार्यालयका प्रमुख निर्मल घिमिरेले भुकम्प पछि वनेका विद्यालयका भवनमा जान अन्जानमा केहि समस्याहरु देखिएका भएपनि हाल निर्माणाधिन र निर्माणका क्रममा रहेका विद्यालयको भवनको गुणस्तरका लागि कार्यालयले नियमित चासोका साथ अनुगमन गरेको वताउनुभयो ।
कार्यक्रमा सहभागि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक हरुले विद्यालय भवन निर्माणको अवस्थाका बारेमा जानकारी गराउँदै त्यसको पारदर्शिता र गुणस्तरियता सुधारमा आफुहरुले पनि कुनै कसुर नराख्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यमका प्रतिनिधिहरुले समेत आफ्नो सहभागिता मार्फत भवन निर्माणको गुणस्तरका बारेमा सवैको ध्यान जानका लागि सुझाव दिएका थिए ।

Share20Tweet13Share4

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३० मंसिर २०७७, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३० मंसिर २०७७, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३० मंसिर २०७७, मंगलवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३० मंसिर २०७७, मंगलवार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

३० मंसिर २०७७, मंगलवार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

३० मंसिर २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero