रामेछाप, ८ फागुन । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसको सञ्चालक समितिमा रामचन्द्र वियोगिको अध्यक्षतामा ५ जना सदस्यहरु निर्विरोध निर्बाचित हुनु भएको छ ।
यसरी निर्वाचित हुने सदस्यहरुमा क्रमशः प्रकाश कुमार कार्की रमेश ढुंगेल, उज्वल सुवेदी, युवराज सुवेदी र देवीका पौडेल रहनु भएको छ ।
नव निर्वाचित समितिको शनिवारनै वसेको बैठकले गंगालाल गोले, कुमार श्रेष्ठ, दिनेश सुवेदी र गंगा अधिकारीलाई मनोनित गरेको छ ।
यसरी निर्वाचित ६ जना मनोनित ४ जना र वाँकी पदेन सदस्य ९ जना गरी नव गठित समितिको संख्या १९ पुगेको छ ।
पदेन सदस्यहरुमा निवर्तमान अध्यक्ष ध्रुव प्रसाद सुवेदी, वडा नं १ का अध्यक्ष नारायण दाश श्रेष्ठ, क्याम्पस प्राध्यापक संघवाट दिनेश कुमार कार्की , स्ववियू सभापति कपिल मगर, सानीमदौ सामुदायिक वन उपभोक्ता समितिका का अध्यक्ष, मावि मन्थलीका ब्यवस्थापन समितिका अध्यक्ष धु्रव कुमार कार्की, प्र अ टंक प्रसाद दाहाल, त्रिवि प्रतिनिधि र क्याम्पस प्रमुख सदस्य सचिव रहनु भएको छ ।
यस अघि माघ १७ गते सम्पन्न क्याम्पसको दोस्रो सभाको बन्द सत्रले फागुनको ८ गते भित्रमा निर्वाचन कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया