रामेछाप २४ फागुन । रामेछाप नगरापालिका वडा नं –२ को देउरालीमा अबस्थित सितलादेवी माविले आफ्नो ६१ औ बार्षिककोत्सव सम्पन्न गरेको छ ।
विद्यालयले सोमबार एक समारोहका विच आफ्नो ६१ औ बार्षिक उत्सब मनाएको हो । गत बर्ष मात्र ६० बर्षको अबसरमा आम अभिभावक सहित जिल्ला र नगरका पाहुनाहरूको उपस्थितिमा हिरक महोत्सब मनाएको सो विद्यालयले यस वर्ष पनि बिशेष कार्यक्रमका विच खेलकुद प्रतियोगिता गरी आफ्नो बार्षिक उत्सब मनाएको हो ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेलले गर्नु भएको थियो । सो क्रममा पौडेलले भुकम्पका कारण क्षति पुगेका अधिकांस विद्यालयहरूले भौतिक संरचनामा दर्विलो आधार बनाएको भएपनि सबैजसो सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षाका सबाललाई गम्भिरताका साथ कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । गुणस्तरिय शिक्षाको अभावमा गुणस्तरिय नागरिक संभब नहुने भएकोले यसका लागि विद्यालय व्यवस्थापन समिति शिक्षक र अविभाबकहरू समेत जिम्मेबार भएर लाग्नु पर्ने पनि प्रमुख अतिथि पौडेलले बताउनु भयो । त्यसका लागि आफुले पनि आबश्यक सहयोग गर्ने पनि पौडेलले बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाली काँग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले शिक्षाको विकल्प शिक्षानै भएकोले यसको सुधारको लागि तिनै तहका सरकारले उत्तिकै जिम्मेवार हुन पर्ने भन्दै यसका लागि आफनो पार्टि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

विद्यालय व्यबस्थापन समितिका अध्क्षक्ष ज्ञान बहादुर पुलामी मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रमा विद्यालयका प्रअ गणेश बखे्रेलले विद्यालयलाई यो स्थानमा ल्याउनका लागि सहयोग गर्ने सबै अविभाबक हरूलाई धन्बाद दिनु भएको थियो । सो अबसरमा उहाँले विद्यालयको गत बर्षको प्रगति प्रतिबेदन पेश गर्नु हुँदै २०१६ सालमा स्थापना भएको विद्यालय यो ठाउँमा आईपुग्नु सुखद कुरा रहको बताउनु भयो । सो अबसरमा हिरक महोत्सबका अबसरमा प्रकाशित हिरक स्मारिका प्रकाशन समितिका तर्फबाट अभिभाबक रक्ष बहादुर रोक्काले खर्च विवरण प्रस्तुत गर्नु भएको थियो । वडा सदस्य सुशिलहरि बख्रेलको स्वागत मन्त्ब्यका साथ आरम्भ भएको उक्त कार्यक्रममा वडाध्यक्ष निर बहादुर श्रेष्ठले आफ्नो कार्यकालमा भए गरेको प्रगतिका बारेमा पनि जानकारी दिनु भएको थियो । नेपाल शिक्षक महासंघ रामेछाप नगर समितिका अध्यक्ष नारायण प्रसाद घिमिरे,नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कैलास खत्री, नेपाल पत्रकार महासंघका बागमति बद्री नयाँघरे ,जिल्ला अस्पताल ब्यस्थापन समितिका सदस्य रोशन पाख्रिन,नेपाल शिक्षक संगठनका बागमती प्रदेश अध्यक्ष निर बहादुर कार्की,नेकपाका नेताहरू क्रमशः अन्जान लामा र सुन्दर घिमिरे लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । सो अबसरमा ३ दिन सम्म चलेको खुल्ला भलिबल प्रतियोगितााका सहभागि र विजयी खेलाडाी हरुलाइ मेडल सिल्ड र प्रमाण पत्र समेत प्रदान गरिएको थियो
यो बारेमा तपाईको प्रतिकृया