Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माझी समुदायको लदी पूजा

बद्री नयाँघरे बद्री नयाँघरे
१८ फाल्गुन २०७७, मंगलवार
in समाचार, समाज
0
276
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८ फागुन । आफ्नो जातिको संस्कृतिलाई जोगाउन रामेछापका माझी जातिहरूले मंगलवार आफ्नो समुदाय नजिकै रहेको तामाकोशी नदी किनारमा गएर लदि पुजा आजा  गरेका छन् ।  माझी भाषामा नदी लाई लदि भन्ने चलन रहेकाले आजको दिनलाई उनीहरु लदी पूजा भन्दै पर्वको रुपमा मनाउछन् । पुर्खौ देखिनै हरेक बर्ष आजकै दिन माझि समुदायले आफ्नो संस्कृतिको जर्गेना तथा  जाति र समुदायको दीर्घजीवि सुरक्षाको कामना गर्दै आफ्नो वस्ति नजिकैका नदी किनारमा गएर नदी देवता लाई खुसि बनाउन  देबताको प्रार्थाना गर्दे उनीहरुले नदी पुजा गरेका हुन् ।

विषेशगरी रामेछाप जिल्लाको तामाकोशी,सुनकोशी नदी र खिम्ति र भटौली खोलालाको  किनारमा बस्दै आएका हजारौ माझी समुदायको  सम्बन्ध नदी संग विषेश हुने भएकोले सदियौ देखि नदि र माझिको सम्बन्धलाई मामा भान्जाको नाता सँग जोडिदै आएकोले पनि माझि समुदायले लदी पुजालाई विषेश महत्व दिंदै आएकौ गाईखुराका माझि अगुवा बालकृष्ण माझीले बताउनु भयो ।

नदी किनारको असुरक्षित बसोबास सँगै,नदीमा माछा मार्ने  ब्यवसायनै मुख्य पेशा भएकोले  आफ्नो र आफ्नो समुदायमा पर्न सक्ने संभावित सुरक्षाको कामना गर्दै उक्त समुदायले आफ्नो संस्कृति र रीति रिवाजको जगेर्ना गर्ने मुख उद्देश्यका साथ भगवान खुसी बनुन् भन्ने आब्हन गर्दै सामुहिक रुपमा लदि पुजा गर्नै गरेको पनि उहाले जानकारी दिनुभयो ।

 आफ्नो समुदायको लागि विषेश महत्व राख्ने लदी पुजाको मुख्य दिन मंगलबार उनीहरुले गाउँ वस्ती नजिकैको नदी किनारमा सामुहिक भेला भएर लदी पुजा गरेका हुन । दर्जन जति स्थानका माझि समुदायले आफ्नो रीति रीवाज अनुसार लदी पुजा गरेका भए पनि रामेछाप नगरपालिका –५ कोलोन्जोरघाटका माझीहरूले आफ्नो नगरपालिकाकी उपमेयर सृजना खड्का  लगायत आफ्ना जनप्रतिनिधि र मन्थली नगरपालिका वडा नं ८ गाईखुराका माझी जातिले स्थानीय संञ्चार माध्यमका प्रतिनिधिहरुलाई बोलाएर परंम्परागत रुपमा मनाउँदै आएको लदि पुजा गरेका हुन् ।

यी दुई बाहेक अन्य समुदायका माझीहरुले पनि आफुले बर्षेनी पुजा गर्दे आएका नदी किनारमा जम्मा भएर मूल पुजारीको अगुवाईमा लदी पुजा गरेका छन् । जस अनुसार उनीहरुले आरम्भमा नदी किनारमा पूजाको लागि अनिवार्य मानिले चामलको पिठोको विशेष किसिमको परिकार र पूजाको सामाग्री तयार गरी नुहाई धुवाई गरेको पुजारीले चोखो मूल मेडोको रुपमा तयार पारेको पाठीको भोग दिएर पुजा आरम्भ गर्ने गरेको मुख्य पुजारी सेते माझीले बताउनु भयो ।

Share110Tweet69Share19

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ फाल्गुन २०७७, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ फाल्गुन २०७७, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ फाल्गुन २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ फाल्गुन २०७७, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ फाल्गुन २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ फाल्गुन २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero