Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनापति–शैलुङ अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी पुरा

नेपाल अभियान नेपाल अभियान
३ चैत्र २०७९, शुक्रबार
in खेलकुद, समाचार
0
24
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,३ चैत । रामेछापको सुनापति गाँउपालिकामा हुन लागेको सुनापति–शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ ।
जिल्लामा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताका लागि रुट निर्धारण, चेकप्वाईन्ट तयारी लगाएतका सम्पूर्ण तयारी पुरा भएको र प्रतियोगिता शनिबार विहानबाट शुरु हुने आयोजकले जनाएको छ ।
सुनापति गाउंपालिकाको सांधिडाडाबाट सुरु हुने उक्त प्रतियोगिता रामेछाप र दोलखाको सिमा क्षेत्र शैलुङ पुगेर टुंङ्गिने छ । ५५, २५ र ५ किलोमिटर लामो उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको हो ।
सो प्रतियोगिताको लागि सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका र जिल्ला खेलकुद विकास समिति लगाएतले स्थानीय व्यवस्थापनको जिम्मेवारी लिएका छन् । प्रतियोगितामा भाग लिन आउने क्रम शुक्रवार साँझ सम्म जारी रहेको छ । प्रतियोगिताका छुट्टा छुट्टै प्रतिस्पर्धामा कुल २ सय २० जना धावकहरुले भाग लिने जनाइएको छ ।


आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिता अन्तर्गत ५५ किलोमिटर लामो म्याराथन प्रतियोेगिता हिलेदेवी, गाल्वा, खांडादेवी,दोरम्बा,निगलाबास, डडुवा धारा, घलेडाडां हुदै शैलुङ पुग्नेछ । उक्त प्रतियोगिता अन्तर्गत म्याराथनका लागि स्वदेशी र विदेशी समेत ५० जना धावकले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
सुनापतिबाट सिधै शैलुङ पुग्ने २५ किलोमिटर म्याराथनमा १ सय १ जना र शैलुङडाडांमा मात्र सिमित ५ किलोमिटर लामो म्याराथनमा ६९ जना धावकले नाम दर्ता गराएका छन् । प्रतियोगितामा बेलायत,अमेरीका, स्वीडेन, जर्मनी लगाएतका विदेशी तथा नेपाली धावकहरुले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यस अघि नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको आदिवासी जनजाति पदमार्ग र पर्यटकिय स्थान शैलुङको प्रचारका लागि उक्त म्याराथन आयोजना गरिएको हो । प्रतियोगिताले स्थानीय जनजिवन, पर्यटन र शैलुङको सौन्दर्यलाई विश्वसामु प्रचार गर्ने उद्धेश्य राखिएको छ । ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङडाडांलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका लागि यस अघि पति पर्यटन मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहले पूर्वाधार विकासका लागि विभिन्न कामहरु गर्दै आइरहेका छन् ।

Share10Tweet6Share2

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

३ चैत्र २०७९, शुक्रबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

३ चैत्र २०७९, शुक्रबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

३ चैत्र २०७९, शुक्रबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

३ चैत्र २०७९, शुक्रबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

३ चैत्र २०७९, शुक्रबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

३ चैत्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.