रामेछाप १, चैत । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको मैत्रिपुर्ण तान डोरी (टक अफ आर) प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले प्राप्त गरेको छ ।
जिल्ला खेलकुद विकास समिति रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको पालिका स्तरिय तान डोरी प्रतियोगितामा मन्थली नगरपालिकाले खाँडादेवी गाउँपालिकालाई पछि पार्दे प्रथम स्थानको उपाधि प्राप्त गरेको हो ।
सरकारद्धारा साहासिक र पर्यटकिय खेलको रुपमा परिभाषित यो प्रतियोगिता नेपालमा भखरैमात्र चलन चल्तिमा आएको हो ।
प्रतियोगितामा जिल्लाका आठ वटै पालिकाका खेलाडिहरूले सहभागिता जनाएका थिए । प्रतिस्पर्धामा पराजय ब्यहोरेको भएपनि ८ वटा टिम मध्य सबै भन्दा उत्कृष्ट खेल भने रामेछापका खेलाडी हरूले प्रर्दशन गरेको आयोजकले जनाएको छ ।
मनोरन्जनात्मक तरिकाले भएको उक्त खेलमा सहभागि ६ गाउँपालिका र २ नगरपालिका मध्ये प्रथम र द्वितिय हुने टीमलाई जिल्ला समन्वय समितका प्रमुख प्रेम खड्काले नगद २० हजार र १५ हजार सहित मेडल शिल्ड र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
सदरमुकाम मन्थलीमा पहिलो पटक संचालन गरिएको मैत्री पूर्ण प्रतियोगितामा प्रयोग भएको डोरी चुडिदा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कर्मचारीहरुको टोली र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेको नेतृत्वमा रहेको छुट्टा छुट्टै टोली भुईमा पछारिएको थियो । यसरी डोरी तानातान गर्दा दुवैपटक डोरी चुडिएपछि आयोजकले दुबै समुहलाई बिजेता घोषणा गरेको थियो ।
उद्घाटन खेलको प्रथम विजेतालाई पुरस्कारको रुपमा खसी दिने तयारी थियो तर डोरी छिनेका कारण दुवै टिमलाई बिजेता घोषणा गरेपछि पुरस्कारका रुपमा रहेको खसी कुनै टिमले पनि लगेनन् ।
यता दर्शक नारायण वस्नेतले भने रेफ्रीको निर्णायक क्षमता प्रति आपत्ति जनाउनु भएको छ ।
उहाले भन्नुभयो – “रेफ्रिले दर्शकले जे–जे भन्छन त्यहि अनुसार मान्ने हो कि निष्पक्ष निर्णय दिने हो ? तर खेल मैदानमा मन्थलीका दर्शकले भने अनुसार काम भयो नियम विपरित मन्थलीको पक्षमा बढि निर्णय लिइयो यो राम्रो सन्देस होइन । यस अघिको खेलमा पनि रेफ्रिको यस्तै गलत निर्णयका कारण दोरम्वाको कुनै पनि समुह मन्थली आएर खेलमा भाग नलिने निर्णय गरिसकेको छ ।”
उक्त प्रतियोगिताको अध्यक्षता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश श्रेष्ठले गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया