रामेछाप,२० मंसिर । यहि मंसिर २३ गते देखि २५ गते सम्म मन्थलीमा सञ्चालन हुने प्रथम रामेछाप जिल्ला फुटवल लिग–२०७८ को तयारी पुरा भएको छ ।
रामेछाप जिल्ला फुटवल संघले सोमवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त खेलको तयारी पुरा भएको जनाएको हो ।
मन्थलीको हाटेचउर र कुनौरी को खेल मैदानमा खेलाइने उक्त खेलमा १२ वटा समुह सहभागि हुने र उक्त खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिडले गर्ने कार्यक्रम रहेको उक्त खेलका संयोजक बासुदेव फुयालले कार्यक्रमा अबसरमा जानकरी गराउनुभएको थियो ।
प्रथम,द्वितिय,तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश १ लाख एक सय एघार, ७५ हजार एक सय एघार, ५० हजार एक सय एघार र २० हजार एक सय एघार रुपैयाँ नगद, सिल्ड र मेडल प्रदान गरिने पनि आयोजकले प्रेस बिज्ञप्ती जारी गरी कार्यक्रममा जानकारी गराएको हो । उक्त प्रतियोगितामा प्रथम द्वितिय र तृतिय पुरस्कारको ब्यवस्था क्रमश नेकपा एमालेका नेता रत्न प्रसाद गौतम, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि भरत प्रसाद चौलागाई र रामेछाप उद्योग बाणिज्य संघका सदस्य यज्ञ प्रसाद सुवेदीले गर्नु भएको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया