रामेछाप,२३ मङ्सिर । रामेछापको मन्थलीमा प्रथम रामेछाप फुटवल लिग –२०७८ सुरु बिहिवार देखि सुरु भएको छ । जिल्ला फुटवल संघ रामेछापले आयोजना गरेको उक्त खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले गर्नु भएको थियो ।
संघका अध्यक्ष सुन्दर घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त खेलका लागि रामेछाप १२ वटा समुहहरु दर्ता भएका छन । प्रतियोगिता मा सहभागि समुहहरु मध्ये प्रथम,द्वितिय,तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश १ लाख १ लाख १ सय ११ , ७५ हजार १ लाख १ सय ११ , ५० हजार १ लाख १ सय ११ र २० हजार १ लाख १ सय ११ रुपैयाँ नगद, शिल्ड र मेडल प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
उद्घाटन खेल ग्रामिण सेवा युवा परिषद र दिपशिखा ब्बाइज युनाइटेडका बिच भएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय पुरस्कारको ब्यवस्था क्रमश नेकपा एमालेका नेता रत्न प्रसाद गौतम, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि भरत प्रसाद चौलागाई र रामेछाप उद्योग बाणिज्य संघका सदस्य यज्ञ प्रसाद सुवेदीले गर्नु भएको आयोजकले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया