Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनापति गाँउपालिकामा अध्यक्ष कप प्रतियोगिता हुने

नेपाल अभियान नेपाल अभियान
१५ फाल्गुन २०७८, आईतवार
in खेलकुद, समाचार
0
80
SHARES
Share on FacebookShare on Twitter
  

रामेछाप १५ फागुन । जिल्लाको सुनापति गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । पालिकाको खेलकुदसँग सम्बन्धीत कार्यक्रमहरुलाई बृद्धि गर्न अध्यक्ष कप प्रतियोगित संचालन गर्न लागेको बताइएको छ । जस अन्र्तगत पालिकाले जिल्लामा हाल सम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म संचालन गर्न लागेको हो ।
पालिकाले सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।


पत्रकार सम्मेलन गरी गाउँपालिकाले तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कपलाई सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता मानिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार २ लाख रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी द्धितीय पुरस्कार १ लाख रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाण–पत्र तथा तृतीय पुरस्कार ५० हजार रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २५ हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाण–पत्र रहेको छ ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडी १० हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर ५ हजार नगद सहित ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट सटर ५ हजार नगद ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट ब्लकर ५ हजार नगद ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट डिफेण्डर ५ हजार नगद ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट सर्भर ५ हजार नगद ट्रफी र प्रमाण–पत्र रहेको छ भने उत्कृष्ट प्रशिक्षकलाई पनि ५ हजार नगद ट्रफी र प्रमाण–पत्र प्रदान गरिने आयोजकले कार्यक्रमका अबसरमा जानकारी गराएको छ ।
ब्याडमिन्टनतर्फ प्रमथ पुरस्कार १५ हजार नगद, ट्रफी मेडल र प्रमाण–पत्र, द्धितीय पुरस्कार १० हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र, तृतिय पुरस्कार ५ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी सान्त्वना हुनेलाई २ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र दिने कार्यक्रम रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कार १ हजार नगद सहित ट्रफी र प्रमाण–पत्र रहेको छ ।
प्रतियोगिताको क्रममा कुनै पनि खेलाडीहरु घाइते भएमा उनीहरुको सम्पूर्ण उपचार समेत गाउँपालिकाले नै गरिदिने पनि अध्यक्ष लामाले जानकारी दिनुभयो ।

। प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समुहको मनोबल बृद्धि गर्नका लागि पालिकाले सहभागि सबै समूहलाई दैनिक भत्ताको समेत ब्यवस्था गरेको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले बैठकका अबसरमा जानकारी गराउनुभएको थियो ।
ग्रामिण स्तरमा रहेका खेलाडीहरुको पहिचान गरी उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरिएको पनि उहाको भनाई थियो । पत्रकार सम्मेलन गाँउ पालिकाका अध्यक्ष धावा लामाको अध्यक्षतामा भएको थियो ।

Share32Tweet20Share6

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१५ फाल्गुन २०७८, आईतवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१५ फाल्गुन २०७८, आईतवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१५ फाल्गुन २०७८, आईतवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१५ फाल्गुन २०७८, आईतवार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

१५ फाल्गुन २०७८, आईतवार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

१५ फाल्गुन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.