७ असार, २०७६
मन्थली–रामेछापको मन्थलीमा शनिबार सम्पन्न प्रथम मन्थली नरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शिल्ड मन्थली माबिले जितेको छ । बिहिबार देखि सुरु भएको उक्त खेलकुदमा मन्थली माबि मन्थली प्रथम, तामाकोशी इङलिस बोर्डिङ स्कुल मन्थली द्वितिय र कर्कलादेवी इङलिस बोर्डिङ स्कुल तृतिय भएका छन् ।
नगरक्षेत्र भित्रका २१ वटा बिद्यालयहरु सहभागि रहेको उक्त प्रतियोगितामा मन्थली माबिले खेलकुलदका बिभिन्न बिधा अन्तर्गत २७ वटा स्वर्ण, २१ वटा रजत र १९ वटा कास्य पदक सहित ६७ पदक प्राप्त गरी प्रथम भएको हो । त्यसैगरी द्वितिय हुने तामाकोशी इङलिस बोर्डिङ स्कुले ६ स्वर्ण, ४ रजत र १० कास्य पदक गरी कुल २० पदक प्राप्त गरेको छ भने तृतिय हुने कर्कलादेवीले ३ स्वर्ण, ६ रजत र ४ कास्य पदक सहित कुल १३ पदक प्राप्त गरेको छ ।
प्रथम द्वितिय र तृतिय स्थान हासिल गर्ने बिद्यालयहरुलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, नगर प्रमुख रमेश कुमार बस्नेत र प्रमुख जिल्ला अधिकारी लिला कुमारी केशी पाण्डे लगाएतले पुरस्कार रकम क्रमश रु १० हजार, ८ हजार र ६ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र बितरण गर्नु भएको छ । यसैबिच बिहिबार उद्घाटनका क्रममा बिभिन्न बिद्यालयहरुले गरेको मार्चपास प्रतियोगितामा पनि मन्थली माबि मन्थली प्रथम भएको थियो ।
मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षता एबं जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको पुरस्कार बितरण समारोहका अबसरमा सहभागि सबै बिद्यालयहरुलाई नगद रु ५ हजार सहित सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया