Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

धार्मिक सहिष्णुताको एउटा नमूना ठाउँ, जहाँ ब्राह्मणको पुजा जनजातीले गर्छन्

बद्री नयाँघरे बद्री नयाँघरे
६ असार २०७७, शनिबार
in विचार
0
458
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न जातीय समुदायले एक अर्काको धर्मलाई सम्मानपूर्वक आफूले सहजै स्वीर्काछन भन्दा पत्याउन निकै गाह्रो हुन्छ । तर रामेछापको उमाकुण्ड गाउँपालिकामा बौद्ध, हिन्दु, किराँतलगायत अलगअलग धर्म मान्ने विभिन्न जातिका मानिसले वार्षिक रुपमा मनाउने पर्व होस या बौद्धमा नियमित रुपमा गरिने पुजा होस, धार्मिक रुपमा समान सभागिता मात्रै जनाउँदैनन् । यहाँ ब्राह्मणको पुजा समेत लामा र सुनुवार जातका पुजारीले गरिदिन्छन् ।

उमाकुण्ड गाउँपालिकामा यस्ता ठाउँ छन् जहाँ ब्राह्मण जातिको पुजा किराँत धर्मालम्बीको पुजारी र बुद्ध धर्मालम्बीका लामाले गरिदिन्छन् । प्राय नेपालका अधिकासं धार्मिक स्थलहरुमा ब्राह्मणले पुजा गर्ने गर्छन । तर, यस गाउँपालिकामा रहेको प्राकृतिक बौद्ध कावछोर्तेन, किराँतहरुले मनाउने चण्डी पर्व र देविथान जस्ता धार्मिक स्थलहरुमा ब्राह्मण वा अन्य हिन्दु धर्म मान्ने समुदायको पुजा बुद्धिस्टको लामा (शेर्पा) र किराँतको पुजारीले (सुनुवार जाति) गर्ने गर्छन् । त्यति मात्रै हैन् यस क्षेत्रमा रहेका विभिन्न धार्मिक स्थलहरुमा हिन्दु, बौद्ध र किराँत धर्म मान्ने मानिसले समान रुपमा पाठपुजा गर्ने गर्छन् । यसकारण पनि धार्मिक सहिष्णुतामा यो गाउँपालिका रामेछाप जिल्लाको मात्रै हैन नेपालकै एउटा नमूना ठाउँ बन्ने आधरहरु छन् ।

उमाकुण्डको वडा नम्बर १ मा रहेको प्राकृतिक बौद्ध कावछोर्तेनमा बुद्धिस्टहरुले जनै पुर्णिमाको दिन आफ्नो विधि अनुसार विषेश पुजा गर्छन् । तर यहाँ हिन्दु धर्म मान्ने ब्राह्मण, क्षेत्री र किराँत धर्म मान्ने सुनुवार लगायतका समुदायले आफ्नो पुजा गर्नको लागि यहिका पुजारी (लामा) लाई लगाउने गर्छन् । स्थानीय ङापेम्बा शेर्पाले भने– ‘कावछोर्तेनमा जनै पुर्णिमाको दिन विषेश पुजा गरिन्छ, यहाँ लुङ्दार, ध्वोजा, आदि चढाउनु पुर्व लामाले पुजा गरेर चोख्याउनु पर्छ त्यतिबेला पुजा गर्न आउने हिन्दु धर्म मान्ने ब्राह्मण, क्षेत्री, दलित र किराँत धर्म मान्ने सुनुवार, राई लगायतका सबैको पुजा यहाँ भएका लामाले नै गर्छन् ।’

त्यस्तै किराँतहरुले मनाउने चण्डी पर्वमा भाकल गरेअनुसार बोका पुजा गर्न हामी पनि लैजान्छौं, स्थानीय मधु आचर्यले भने, ‘त्यहाँ लगेपछि सुनुवार जातिका पुजारीहरुले पुजा गरिदिनुहुन्छ ।’ त्यस्तै उमाकुण्डको प्रितिमा रहेको एक देविथानमा आफूहरुले गर्ने गरेको पाठी पुजा समेत सुनुवार जातीका पुजारीहरुले नै गरिदिने गरेको पनि आचर्यले बताए । मानव जातिलाई आवश्यक पर्ने अन्नापात र खेतीपाती राम्रो होस भनेर गरिने चण्डी पर्वको पुजामा किराँत धर्म मान्ने मानिसहरु मात्रै नभएर हिन्दु धर्म मान्ने मानिसहरुले समेत पुजा गर्न आउने गरेको र उनिहरुले ल्याउने भाकल सबै आफूले नै पुजा गरिदिने गरेको चण्डी पर्वका पुजारी सन्तले सुनुवारले बताए । उनले भने–‘मैले यहाँ पुजा गर्न लागेको १८ वर्ष भइसक्यो, यहाँ पुजा गर्न आउने ब्राह्मण, क्षेत्री, दलित सबैको पुजा १८ वर्ष देखि मैले नै गर्दै आएको छु ।’

यसको अर्थ यहाँ रहेका सबै धार्मिक स्थाल, विभिन्न जातजातिले मनाउने पर्व आदि सबैमा जनजाती पुजारी रहेका छन् भन्ने चाहि होइन । उमातीर्थ मन्दिर, जठपोखरी, लगायतका धार्मिक स्थलहरुमा ब्राह्मण पनि पुजारी छन् जहाँ किरात धर्म मान्ने जनजाति, बुद्ध धर्म मान्ने जनजाति र हिन्दु धर्म भन्दा अलग धर्म मान्ने मानिसहरु पनि गएर ब्राह्मणलाई नै पुजा गर्न लगाउने गर्छन् ।

त्यसकारण पनि यो गाउँपालिकामा विभिन्न जातजातिका अलग–अलग धर्म मान्ने मानिसहरु भएपनि सबै धर्मलाई समान ढंगले मान्ने गर्छन् । त्यस्तै आ–आफ्नै प्रकारका मौलिक परम्परा र विशेष संस्कृति छन् । हरेकले आफ्नो धर्म संस्कृतिलाई स्वतन्त्र रूपमा मान्ने र अर्काको चाडपर्व तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रूपमा सहभागिता जनाएर एक सम्प्रदायले अर्को सम्प्रदायको धर्म र संस्कृतिलाई सम्मान गर्ने परम्परा नमूनाको रुपमा हेर्न सकिन्छ ।

धार्मिक सहिष्णुताकै कारण यहाँ जात, सम्प्रदाय र धर्मका नाममा झगडा र जातिय, साम्प्रदायिक धार्मिक हिंसा भएको छैन । सबैले शान्तपूर्वक आ–आफ्नो पेसा व्यवसाय सञ्चालन गरेर बसिरहेका छन् ।

यसरी धार्मिक सहिष्णुताले भरिपूर्ण यस गाउँपालिकामा विभिन्न धर्मसँग जोडिएका सयौंको संख्यामा धार्मिक स्थलहरु छन् । बौद्ध, गुम्बा, मन्दिर, चर्च बाहेक यहाँ रहेका पोखरी, ताल, झर्ना, गुफा, माने, देउराली, डाँडापाखा, हिमाल, नदी, खोला आदिमा समेत धार्मिक सम्बन्ध गाँसिएका छन् ।

आर्थिक लाभको लागि गाउँपालिकामा भएका धार्मिक स्थलहरुलाई आधर मानेर धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी सबै वडामा रहेका प्रसिद्ध तिर्थस्थलहरुलाई समेट्दै वडा नम्बर १ मा रहेको उमातिर्थ मन्दिर र प्राकृतिक बौद्ध कावाछोर्तेनको दर्शन गरेर नुम्बुर हिमालको दृष्य अवलोकन गर्न सक्ने गरी धार्मिक पर्यटकिय रुट निर्माण गर्न सकिन्छ ।

पर्यटन प्रवर्धक पेम्बा शेर्पाले भने– ‘उमातीर्थलाई मुख्य आधर बनाएर अरु धार्मिक स्थलहरुलाई समेटेर एउटा रुट तयार गर्न सकिन्छ । त्यस्तै यहाँ भएका धार्मिक स्थल र पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरेर लखौं पर्यटकहरु भित्र्याउन सकिन्छ । यदि यो धार्मिक रुट तयार गरेर लाखौं पर्यटकहरु भित्र्याउन सके यस गाउँपालिकाको मुख्य आर्थिक श्रोत यहि क्षेत्र हुन्छ । त्यति मात्रै हैन विश्वको सर्वोच्च शिखर सगरमाथा जानको लागि पनि यहि गाउँपालिकाको वडा नम्बर १ ल्हाछेवर हुँदै जना सकिन्छ । यदि हामीले धार्मिक पर्यटनलाई जोड दिँदै सगरमाथा जाने रुट मात्रै बनाउन सक्यौं भने यस गाउँपालिकालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ ।’

सबै वडामा असंख्यक रुपमा रहेका धार्मिक स्थलहरुलाई समेटेर एउटा धार्मिक पर्यटन रुट निर्माण गरेर धार्मिक पर्यटकिय क्षत्रको रुपमा यस गाउँपालिकालाई विकास गर्न सके यो गाउँपालिकाको पहिचानसँगै आर्थिक रुपमा धेरै लाभ लिन सिकन्छ ।

Share183Tweet115Share32

Related Posts

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

६ असार २०७७, शनिबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

६ असार २०७७, शनिबार
सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा
विचार

सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा

६ असार २०७७, शनिबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

६ असार २०७७, शनिबार
वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३
विचार

वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३

६ असार २०७७, शनिबार
 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 
विचार

 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 

६ असार २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero