मन्थली,२५ चैत । शिक्षक सेवा आयोग बाट प्रा.वि. तृतिय श्रेणीमा नाम निकालेर जिल्ला जिल्लामा पुगेका शिक्षकहरुलाई आइतवार रामेछाप,ओखलढुंगा र मकवानपुरमा आज एकै साथ नियुक्ती बितरण गर्नुका साथै सफत ग्रहण गराइएको छ ।

शिक्षा तथा समन्वय इकाई रामेछापले मन्थलीमा आयोजना गरेको उक्त कार्यक्रमममा रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा रहेका बिद्यालयहरुका लािग नाम निकालेर आएका १५७ जना शिक्षकहरुलाई नियुक्ति दिनुका साथै सफथ ग्रहण गराइएको कार्यालय प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम बहादुर थापा, मन्थली नगर प्रमुख लव श्रेष्ठ, शिक्षक महासंघका अध्यक्ष शंकर प्रसाद ढुंगेल लगाएत शिक्षक संघ संगठन एबं क्रान्तिकारी शिक्षक संगठनका प्रमुख एबं प्रतिनिधिहरुले नब नियुक्त शिक्षकहरुलाई स्वागत गर्नु भएको थियो ।

त्यसैगरी ओखलढुंगामा पनि आजै नियुक्ती बितरण र सफथ ग्रहण गराइएको शिक्षा तथा समन्वय इकाइ ओखलढुंगाका कार्यालय प्रमुख भरत भट्टराइले वताउनुभयो ।
त्यस्तै शिक्षक सेवा आयोग बाट नाम निकालेर मकवानपुर जिल्लामा पुगेका प्राथामिक तह तृतिय श्रेणीका शिक्षकहरुलाई पनि नियुक्ती दिनुका साथै सफत ग्रहण गराइएको शिक्षा तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले बताउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया