Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लायन्स क्लबले दियो, दोरम्बाका पहिरो पीडितलाई राहत

नेपाल अभियान नेपाल अभियान
९ आश्विन २०८१, बुधबार
in विविध
0
20
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ८ असोज  । मानव सेवामा समर्पित  अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप  जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरूका लागि  राहत सामाग्री प्रदान गरेको छ ।
रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा  संस्थाले सोमबार जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका वडा नं १ डडुवा, वडा नं ३ टोकरपुर लेखर्क स्थित पहरी गाउँका पहिरो पीडितलाई काठमाडौ बाट सामान लिएर आएको संस्थाको आधिकारीक समुहले राहत सामाग्री वितरण गरेको हो  ।
  टोलीले सोमबार दिउँसो दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय थाम चउरमा पुगेर गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान लगायतका जनप्रतिनिधिहरूको रोहबरमा पहिरो पीडितहरूका लागि ल्याएको  राहत सामाग्री संयुक्त रूपमा  प्रदान गरेको थियो ।
सो क्रममा लायन्स क्लब इन्टरनेशनलले दोरम्बा सैलुङ गाउँपालिकाका पहिरो पीडित परिवारहरूका लागि दाल चामल खाने तेल लगायतका अन्य खाद्यान्न सामाग्री, ओढ्ने ओछ्याउने कपडा, पकाउने, खाने भाँडाकुँडा लगायतका राहत सामाग्रीहरू प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनलका पूर्व अध्यक्ष शम्भुप्रसाद घिमिरेले बताउनुभयो ।
 जिल्लाको समाज सेवालाई पहिलो  प्राथमिकतामा राखेर सबै जसो विपद्मा सहकार्य र सहयोगको नेतृत्व गर्दै आएका पूर्व अध्यक्ष शम्भु घिमिरेको नेतृत्वमा थाम चउर पुगेको टोलीले पीडितहरूका लागि लगिएको राहत साम्राग्रि एक द्वार प्रणाली मार्फत स्थानीय  सरकारलाई हस्तान्तरण गरिएको पनि घिमिरेले जानकारी दिनु भयो । 

  लायन्स क्लब इन्टरनेशनल नामक संस्था मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय संस्था भएकोले  यहाँका पहिरो पीडितलाई केही सहज होस भन्ने उद्देश्यले मानवीय सेवाको भावनाले राहत सामाग्रीहरू प्रदान गरिएको भन्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले मोक्तानले घिमिरे नेतृत्वको संस्थालाई धन्यवाद पनि दिनुभयो ।  उहाँले भन्नु भयो पालिकाले प्राप्त राहत सामाग्रीको सक्दो सदुपयोग गरेर पीडित समक्ष पुर्‍याउने छ ।
सो क्रममा नेतृत्वकर्ता  लायन्स क्लब इन्टरनेशनलका पूर्व अध्यक्ष शम्भुप्रसाद घिमिरेले दोरम्बा सैलुङ गाउँपालिका बाहेक जिल्लाका प्रकोप पीडित  गोकुलगंगा गाउँपालिका–६ फर्पु र लिखुतामाकोशी गाउँपालिकाको समेत कुल  १ सय ४१ घर परिवार पहिरो पीडितका लागि १५ लाख रुपैयाँ भन्दा बढी रकम बरावरका  राहत सामाग्री ल्याइएको जानकारी पनि दिनु भयो । घिमिरेले अन्य पीडितहरूका लागि पनि केहिदीन भित्रै राहत सामाग्री पुर्याईने र  गोकुलगंगा गाउँपालिका–६ फर्पु र लिखुतामाकोशी गाउँपालिकाका पहिरो पीडितलाई पहिलो  प्राथमिकतामा राखिएको पनि घिमिरेले जानकारी दिनुभयो । 
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर लेखर्क पहरी गाउँमा गत भदौ ९ गते बिहानीपख अविरल वर्षासँगै गएको पहिरोमा ११ जना पुरिएका थिए । पुरिएका मध्ये एक जनाको भने  जीवितै उद्धार गरिएको थियो ।
उक्त पहिरोमा वगेका मध्य ७ जनाको शव भेटिएको  छ भने दुई जना अझै बेपत्ता छन् । पहिरोका कारण पहरी गाउँका ६५ परिवार विस्थापित भएका छन् । भदौ ९ गते रातिकै वर्षापछि गाउनै पहिरोको जोखिममा परेपछि दोरम्बा सैलुङ गाउँपालिका–१ डुडुवाका विभिन्न ठाउँका ४३ परिवार अहिले त्रिपालमुनि बसिरहेका छन् ।
यस्तै गत साउन १० गते साँझ गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर भत्काउँदा एउटै घरमा तीन जना किशोरीको ज्यान गएको थियो । लिखुतामाकोशी गाउँपालिकाको पनि यो वर्षको वर्षामा विभिन्न ठाउँमा पहिरोका कारण केही घरपरिवार विस्थापित भएका छन् ।

Share8Tweet5Share1

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ आश्विन २०८१, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

९ आश्विन २०८१, बुधबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

९ आश्विन २०८१, बुधबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

९ आश्विन २०८१, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

९ आश्विन २०८१, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

९ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero