रामेछाप। रामेछापका जीवन कार्की नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् ।सोमबार जनकमपुरमा सम्पन्न ५२औँ राष्ट्रिय अधिवेशनबाट कार्की अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका हुन् । कार्कीले अध्यक्षका अर्का प्रत्यासि विजय गुरुङलाई पराजित गर्दै नेपाल जेसिज वर्ष २०२६ को लागि अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका हुन् । मत परिणाम अनुसार नव निर्वाचित अध्यक्ष कार्कीले ५सय २१ मत प्राप्त गरेरका छन् भने उनका निकटतम् प्रतिस्पर्धी विजय गुरुङले ४ सय ६२ मत प्राप्त गरे । त्यसैगरि अध्यक्ष पदकै अर्की प्रत्याशी द्धय रश्मी शिल्पकारले १ सय ४६ मत र राजाराम गौतमले जम्मा ८७ मत मात्र पाएका थिए ।
विद्यानतः युवाहरूमा नेतृत्व विकास, क्षमता विकाससँगै सकरात्मक सोच अभिबृद्धि गराउने जस्ता विभिन्न रचनात्मक काम गर्दे ४० बर्ष भन्दा मुनिका युवाहरुलाई अभियानमा सामेल गराउँदै आएको कार्की नेतृत्वको जेसिजले आगामी एक वर्ष सम्मका सँस्थामा रहेर काम गर्ने छ । अध्यक्ष पदमा निर्वाचित भएसँगै कार्कीले युवाहरुको चाहाना र आकाँक्षा अनुसार आफनो एक बर्षको कार्यकाल भित्र यो संगठनलाई थप शुढृड् गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएका थिए । रामेछापको लिखु तामाकोशिको खिम्तिमा घर भएका कार्की गत बर्षनै जेसीआई नेपालको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । उनले जेसीजलाई थप उचाईमा लैजानका लागि ‘प्रोजेक्ट संकल्प २०२६’ मार्फत आफनो अभियान चलाउने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।












यो बारेमा तपाईको प्रतिकृया