रामेछाप- सामाजिक अगुवा एवं रामेछाप नगरकार्यपालिकाका सदस्य सरोज कटुवालले आफ्नो गाउँको विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि विद्यालय पोशाक उपलव्ध गराउनुभएको छ । उहाँले आफ्नो नीजि लगानीबाट रामेछाप नगरपालिका ८ सल्लेको केबलेश्वर आधारभूत विद्यालयमा अध्ययनरत २० जना छात्र छात्राका लागि पोशाक उलब्ध गराउनु भएको हो ।

रामेछाप ८ नेकपाका अध्यक्ष समेत रहनुभएका कटुवालले विशेष गरि तामाङ्ख समुदायका बालबालिका अध्ययनरत सो विद्यालयका छात्र छात्राहरुको पठन–पाठन प्रति आर्कषण जगाउन र उनिहरुलाई नियमित विद्यालय आउने बातावरण सृजना गर्नका लागि अविभाक, विद्यालयका प्रअ र शिक्षकहरुको समेत सहभागितामा पोशाक उपलब्ध गरउनुभएको हो ।
पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको सो विद्यालयका बालबालिका विभिन्न समस्याबाट पठन–पाठन तथा सामाजिक हिसाबले पनि पिछडिएकाले उनिहरुको शैक्षिक तथा सामाजिक जागरणमा सहयोग पुुुर्याउने उद्देश्यले पोशाक सहयोग उपलब्ध गराएको कटुवालले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया